Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

प्रभु केबलकारको २१ लाख १५ हजार १० कित्ता हकप्रद शेयर लिलामीमा

प्रभु केबलकारको २१ लाख १५ हजार १० कित्ता हकप्रद शेयर लिलामीमा
विज्ञापन
Advertisement

काठमाडौं। प्रभु ग्रुप्स अन्तर्गतका विभिन्न कम्पनीहरूको लगानी रहेको प्रभु केबलकार एण्ड टुरिजम लिमिटेडले २१ लाख १५ हजार १० कित्ता अवितरित हकप्रद शेयर लिलामीमा राखेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै उक्त शेयरलाई लिलामीमा बिक्रीका लागि राखेको जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

लिलामीमा शेयर प्रति कित्ता रु। १०० भन्दा बढी मूल्यमा खरिद गर्न सकिने र आवेदकले न्यूनतम १००० कित्ता देखि अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन्। लिलामीको आवेदन माघ २७ देखि फागुन ११ गतेसम्म बैंकिङ समयसम्म लिने व्यवस्था गरिएको छ। यस कम्पनीले गत मंसिर महिनामा १स्१ को अनुपातमा हकप्रद शेयर निष्कासन गरेको थियो र त्यसपछि बाँकी रहेका २१ लाख १५ हजार १० कित्ता शेयर लिलामीमा बिक्री गर्न लागिएको हो।

प्रभु केबलकारका तीन परियोजनामा निर्माण कार्य जारी छ, जस मध्ये बुटवल र नुवाकोटका केबलकार परियोजनाहरूको काम प्रगतिको क्रममा छन्। कम्पनीले सार्वजनिक शेयर निष्कासनको तयारी गर्दै कुमारी क्यापिटललाई विक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ। लिलामीका लागि आवेदन प्रभु केबलकारको तीनकुनेस्थित कार्यालयमा बुझाउनु सूचनामा उल्लेख छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit