Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

सुन तोलामा बाह्रसय रुपैयाँले घट्यो, चाँदी पनि सस्तो

सुन तोलामा बाह्रसय रुपैयाँले घट्यो, चाँदी पनि सस्तो
विज्ञापन
Advertisement

काठमाडौं। स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेको हो।

विज्ञापन
Advertisement
Advertisement

महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूची अनुसार छापावाल सुन प्रतितोला २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ९८० रुपैयाँ कायम भएको छ।

यसअघि मङ्गलबार सुन प्रतितोला २ लाख ९८ हजार ५०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्यमा उतारचढाव देखिएको छ। अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार बुधबार सुन प्रतिऔँस ४ हजार ३४९ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यस्तै चाँदी प्रतिऔँस ७० अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit