Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

साढे २६ लाखभन्दा बढी आवेदकमध्ये ६५ हजार ५७० जनाको हातमा पर्‍यो एभरेष्ट कलरको शेयर

साढे २६ लाखभन्दा बढी आवेदकमध्ये ६५ हजार ५७० जनाको हातमा पर्‍यो एभरेष्ट कलरको शेयर
विज्ञापन
Advertisement

काठमाडौं । एभरेष्ट कलर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिहीबार बाँडफाँट गरिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट सम्पन्न भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । यस बराबरको कुल निष्काशन रकम ६ करोड ५५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

आईपीओमा २६ लाख ८७ हजार ४२१ जना लगानीकर्ताले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन दिएका थिए । तीमध्ये २६ लाख ४१ हजार ९५९ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन विभिन्न कारणले रद्द भएका छन् ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणालीमार्फत शेयर बाँडफाँट गरिएको मुक्तिनाथ क्यापिटलले जनाएको छ। बाँडफाँट परिणामअनुसार ६५ हजार ५७० जना आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् । उच्च आवेदन परेका कारण अधिकांश आवेदक यसपटक पनि शेयर प्राप्त गर्नबाट वञ्चित भएका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit