Advertisement
Advertisement
Corporate Samachar
१० भाद्र २०८३, बुधबार
Advertisement
Advertisement

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ वृद्धि भएको छ। सोमबार तोलामा पाँच हजार रूपैयाँ बढेको सुनको भाउ मंगलबार तोलाको तीन सय रूपैयाँ बढेको हो।

विज्ञापन
Advertisement
Advertisement

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९८ हजार पाँच सय रूपैयाँ निर्धारण भएको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला दुई लाख ९८ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार पाँच हजार १५ रूपैयाँ कायम भएको चाँदीको मोल आज तोलामा चार हजार नौ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २५ रूपैयाँ कम हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार तीन सय २७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit