Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रकृति लम्साल प्रकरण : केआईआईटीले माफी माग्यो, २ कर्मचारी बर्खास्त

प्रकृति लम्साल प्रकरण : केआईआईटीले माफी माग्यो, २ कर्मचारी बर्खास्त
विज्ञापन
Advertisement

काठमाडौं । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन्।

विज्ञापन
Advertisement
Advertisement

केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का एक जना वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानका लागि निलम्बन गरिएको जनाएको छ ।

कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘१६ फेब्रुअरीमा भएको घटनाप्रति केआईआईटी अधिकारीहरू र सम्पूर्ण कर्मचारीहरू गहिरो दुःख व्यक्त गर्दछन्। दुई सुरक्षा कर्मचारीलाई तुरुन्तै बर्खास्त गरिएको छ। दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको छ।’

विश्वविद्यालयको लापरबाहीका कारण नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो । नेपालीले विश्वविद्यालय छाड्न नमानेपछि ५ सयभन्दा बढी विद्यार्थीलाई होस्टेलबाट जर्बजस्ती उठाएर दुर्व्यवहारपूर्ण  तरिकाले विभिन्न रेल स्टेसनमा लगि छाडिएको थियो। नेपाली विद्यार्थीमाथि लछारपछार गर्दै कुटपिटसमेत भएको थियो।

मंगलबार राजधानी काठमाडौं सहित मधेश प्रदेशका विभिन्न स्थानमा सो घटनाको विभिन्न संघ संस्था र राजनीतिक दलका विद्यार्थी संगठनहरुले विरोध प्रर्दशन गरेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit