Advertisement
Advertisement
Corporate Samachar
१० जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

राष्ट्रपतिको सम्बोधनबीच प्रधानमन्त्री बाहिरिएको भन्दै बरालको आपत्ति

राष्ट्रपतिको सम्बोधनबीच प्रधानमन्त्री बाहिरिएको भन्दै बरालको आपत्ति
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले राष्ट्रिय पोशाकको परिपालना र प्रधानमन्त्रीको भूमिकाबारे प्रश्न उठाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले देशले सुशासनसँगै राष्ट्रिय मर्यादा र पहिचानको माग गरिरहेको बताए । संयुक्त सदनमा हुने राष्ट्रिय महत्वका कार्यक्रममा राष्ट्रिय पोशाकको अनिवार्य परिपालना हुनुपर्ने धारणा राख्दै उनले सभामुखमार्फत रुलिङको माग गरे ।

उनले प्रधानमन्त्रीले राष्ट्रिय महत्वका दुई वटा बैठकमा राष्ट्रिय पोशाक नलगाएको प्रसंग उठाउँदै देशमा कस्तो संस्कार र चलन स्थापित गर्ने भन्ने विषय गम्भीर भएको बताए ।

सांसद बरालले भने, ‘आज देशले सुशासनसँग जोडिएर राष्ट्रिय मर्यादाको माग गरेको छ, राष्ट्रिय पहिचानको माग गरेको छ । प्रधानमन्त्रीले राष्ट्रिय महत्वका बैठकमा राष्ट्रिय पोशाकको परिपालना गर्नुपर्ने हो कि होइन रु चलन त्यसै चल्दैन, चलाएपछि चल्छ ।’

यसैबीच उनले राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रमका क्रममा प्रधानमन्त्रीको व्यवहारमाथि पनि प्रश्न उठाए । राष्ट्रपतिको सम्बोधन चलिरहँदा प्रधानमन्त्री बीचमै उठेर बाहिरिएको उल्लेख गर्दै उनले नीति तथा कार्यक्रमप्रति प्रधानमन्त्रीको ‘ओनरशिप’बारे संसद्ले स्पष्टता खोजिरहेको बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit