Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन : कोइराला

सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गरिनु हुँदैन : कोइराला
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक जस्ताको त्यस्तै पारित गर्न नहुने बताएका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल प्रेस युनियनका शाखा अध्यक्षहरुको राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै नेता डा कोइरालाले सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न नहुने बताए। ‘सरकारले यो कुरालाई गम्भीरतापूवर्क लिनुपर्दछ’, कोइरालाले भने।

संसद् सुरु हुनु केही दिनअघि मात्र सरकारले अध्यादेश ल्याएकामा नेता कोइरालाले आपत्ति व्यक्त गरे । चित्त नबुझेका काममा सरकारलाई खबरदारी गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य नारायणप्रकाश साउदले जनताका मुद्दालाई केन्द्रीयस्तरको बहसमा ल्याउन प्रेसजगतले काम गरिरहेको बताए। पत्रकार र राजनीतिक दलका कार्यकर्तामा विवेक र संयमता हुन आवश्यक रहेको उल्लेख गर्दै उनले समाजिक सञ्जाललाई नियमन गरिनुपर्ने बताए।

‘सामाजिक सञ्जाललाई नियमन गर्ने नाममा अभिव्यक्ति स्वतन्त्रतालाई निषेध र बन्देज गरिनुहुन्न’, नेता साउदले भने।

सांसद राजेन्द्र बजगाईंले प्रेसजगतलाई अङ्कुश लगाउने गरी आउने कुनै पनि कानुनलाई पारित गर्न नहुने धारणा राखे। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष हरिहर विरहीले पत्रकारले प्रेस स्वतन्त्रताका साथै नागरिक अधिकार सुरक्षित गर्नतर्फ लाग्नुपर्नेमा जोड दिए।

महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहालले पत्रकार सत्ताको अभिन्न अङ्ग बनेर विचलित हुन नहुने बताए। भुइँ मान्छेको दृष्टिबाट संविधान संशोधनका मुद्दा नउठेकाले यस्ता मुद्दा ल्याउन प्रेसजगत्ले भूमिका खेल्नुपर्ने उनले बताए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit