Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

दोहोरो अंकले बढ्यो नेप्से,१० अर्ब माथिको कारोबार

दोहोरो अंकले बढ्यो नेप्से,१० अर्ब माथिको कारोबार
विज्ञापन
Advertisement

 काठमाडाैं। साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ । धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका ३१४ कम्पनीको १ करोड ८२ लाख कित्ता शेयर किनबेचहुँदा १० अर्ब ४३ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स कम्पनी, पिपुल्स हाइड्रो पावर कम्पनी, एनआरएन इन्फाष्ट्रचर एण्ड डेभलपमेन्ट र सिइडीबी होल्डिङको २० करोड २२ लाख रुपैयाँदेखि ८२ करोड रुपैयाँसम्मको कारोबार भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

चारवटा कम्पनीको शेयर मूल्यमा सर्किट
चारवटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ । योदिन वेन नेपाल लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था, इर्मेजिङ नेपाल, गार्डेन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को शेयर मूल्य ७.३४ प्रतिशतले बढेको छ ।

दोहोरो अंकले बढेको बजारमा सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, एक्सल डेभलपमेन्ट बैंक र बोल्टर नेपाल ( बालाजु)को शेयर मूल्य ५.८४ प्रतिशतदेखि ८.९५ प्रतिशतसम्मले घटेको छ।

कारोबारमा आएका १३ वटै समूहको सूचकमध्ये वाणिज्य बैंक समूह, लगानीगत समूह,लाइफ इन्स्योरेन्स, निर्जीवन बीमा कम्पनी,अन्य समू र टे«डिङ समूहको सूचक ०.४ हरियाली बनेका छन् भने ‘अन्य’ समूहको सूचक घटेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit