Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सकियो रोयल इनफिल्ड महा–राइड, नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धन हुने विस्वास

सकियो रोयल इनफिल्ड महा–राइड, नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धन हुने विस्वास
विज्ञापन
Advertisement

काठमाडौं । पर्यटन प्रवर्द्धनलाई नयाँ उचाइ दिन नेपालगञ्जमा रोयल इनफिल्ड महा–राइड भव्य रूपमा सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

रोयल इनफिल्ड सोरूम नेपालगञ्जबाट सुरू भएको यो साहसिक यात्रा नेपालगञ्ज सिटी टुर गर्दै गाभर उपत्यकासम्म पुगेर सम्पन्न भयो।यस रोमाञ्चक यात्रामा ७५ भन्दा बढी रोयल इनफिल्ड राइडर्सहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्ट रहेका थिए । वशिष्ठ अतिथिका रुपमा बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र अतिथिद्वय नेपाल प्रहरी (जनपथ) का, प्रहरी उपरीक्षक तुलबिक्रम कार्की, सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक शोभाकान्त खनालको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममको झण्डोत्तोलन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र नगर प्रमुख प्रशान्त बिष्टबाट गरी यात्रा सुरु भएको थियो।
यात्रालाई थप विशेष बनाउन महिला राइडर तथा प्रोफेसनल बाइक राइड प्रशिक्षक शीतल गिरी काठमाडौंबाट सहभागी भएकी थिइन्।

साथै, चर्चित भ्लगर विशाल थापा र सुप्रिम भ्लग पनि यो यात्राको हिस्सा बनेका थिए। नेपालगञ्ज सहरको सुन्दर टुर पश्चात राइडरहरू गाभर उपत्यका पुगेका थिए। त्यहाँ स्थानीय समुदायले खादा र सांस्कृतिक नृत्यको माध्यमबाट भव्य स्वागत गरे। यात्राको थप आकर्षणका रुपमा रोयल इनफिल्ड बाइक म्युजिकल चेयर प्रतियोगिता थियो । जसमा राकेश (रकी)ले जित हासिल गरेका थिए।

कार्यक्रमको अन्तिम चरण नेपालगञ्जकै सोरूममा आएर समापन गरिएको थियो । जहाँ सहभागीमध्ये सबैभन्दा अनुशासित र मैत्री रोयल इनफिल्ड राइडर दशरथ चन्दलाई सम्मान प्रदान गरिएको थियो। यस भव्य महा–राइडले नेपालगञ्ज र गाभर उपत्यकाको पर्यटन प्रवर्द्धनमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

रोयल इनफिल्डका उत्साही राइडरहरूले आगामी यात्राका लागि कौतुहलता देखाउदै अझ उत्साहपूर्वक सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरे ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit