Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

प्रदिप परियार ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त

प्रदिप परियार ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीपको सदस्यमा नियुक्त
विज्ञापन
Advertisement

काठमाडौं ।  दलित लाईभ्स म्याटर ग्लोबल अलायन्सका संस्थापक तथा अध्यक्ष प्रदिप परियार विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल अन लिडरशीप का सदस्यमा नियुक्त भएका छन्।

विज्ञापन
Advertisement
Advertisement

परियारको यो नियुक्तिले जात व्यवस्था, जातीय विभेद, बहिष्करण र सीमान्तीकरणविरुद्धको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा थप सशक्त बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। उनी सन् २०२५ देखि २०२६ सम्म दुई वर्षे कार्यकालका लागि काउन्सिल सदस्यका रूपमा सक्रिय रहनेछन्। विश्व आर्थिक मञ्चको ग्लोबल फ्युचर काउन्सिल्स ज्ञान उत्पादन गर्ने बहुपक्षीय तथा अन्तरविषयगत सञ्जाल हो। यसले विश्वभरका नवीनतम सामाजिक, आर्थिक, तथा राजनीतिक मुद्दाहरूबारे अध्ययन गर्दै समाधानका उपायहरू पहिचान गर्छ।

दलित लाईभ्स म्याटर ग्लोबल अलायन्स सामाजिक न्याय प्रवर्द्धन गर्ने विश्वव्यापी अभियान हो, जसले समानता, समावेशीता, र दिगो विकासका लागि संघर्षरत समूहहरूसँग सहकार्य गर्दैछ। प्रदिप परियार २० वर्षभन्दा बढी समयदेखि सामाजिक न्याय, युवा सशक्तीकरण, र शान्ति निर्माणमा योगदान पुर्‍याउँदै आएका छन्। परियार सन् २०२० मा विश्व आर्थिक मञ्चकै यङ्ग ग्लोबल लिडर्सबाट सम्मानित भएका थिए। अहिले उनले पाएको यो नयाँ जिम्मेवारीले सामाजिक न्याय र समानताका पक्षमा विश्वव्यापी अभियानलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

विश्व आर्थिक मञ्चमा ३६ विभिन्न विषयगत काउन्सिल छन्, जसमा विश्वभरका ७०० भन्दा बढी विज्ञहरू सहभागी छन्। ती विज्ञहरू प्राज्ञिक क्षेत्र, व्यापार, सरकार, नागरिक समाज, तथा अन्तर्राष्ट्रिय संस्थाबाट प्रतिनिधित्व गर्दै विश्वमा सकारात्मक परिवर्तन ल्याउने अवधारणाहरू विकास गर्न सक्रिय छन्। परियारको यो नियुक्ति सामाजिक न्यायका अभियानका लागि कोसेढुंगा सावित हुने विश्वास गरिएको छ।

 

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit