Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

सीमा क्षेत्रबाट भन्सार छलेर ल्याइएका अवैध इलेक्ट्रिक स्कुटर बिक्री वितरण रोक्न विभागलाई पत्र

सीमा क्षेत्रबाट भन्सार छलेर ल्याइएका अवैध इलेक्ट्रिक स्कुटर बिक्री वितरण रोक्न विभागलाई पत्र
विज्ञापन
Advertisement

काठमाडौं ।  व्यवसायीहरुले भैरहवाको बेलहिया नाका हुँदै भन्सार छलीका विभिन्न इलेक्ट्रिक स्कुटरहरु आयात भैरहेको प्रति संवेदनशील हुन सरोकारवालाले ध्यानाकर्षण गराएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

सीमाक्षेत्रमा भारतीय बजारबाट विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु भन्सार छली गरी आयात हुँदै आइरहेको भन्दै दाङको ग्रीन इनर्जी ईभी पोइन्ट, मुस्कान इलेक्ट्रिकल प्राली, विरगंज र टेक्निकल बुकले भन्सार विभाग त्रिपुरेश्वरसहितका सारोकारवाला निकायको ध्यानाकर्षण गराउँदै चोरी पैठारी रोक्न छुट्टाछुट्टै निवेदन दिएका छन् ।

उनिहरुले भारतीय एक व्यवसायीले विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु भन्सार छली गरी ल्याउने गरेको र सामाजिक सञ्जाल टिकटकबाट प्रचार–प्रसार गर्दै बिक्री गर्दै आइरहेको बताएका छन् । उक्त चोरी पैठारीमार्फत भैरहेको अवैध कारोबार रोक्न कानूनी कारवाहीको माग उनिहरुले गरेका छन् ।

‘भैरहवा भन्सार बेलहिया नाका लगायत नेपाल इन्डियाका बोडरबाट विभिन्न ब्रान्डका इलेक्ट्रिक स्कुटरहरु भन्सार छली गरी आयात हुँदै आइरहेको जानकारी गराउँदछौ । भारतको सोनौली बजारमा अवस्थित एक व्यवसायीले सामाजिक सन्जाल टिकटक युजर आइडि (@Cyp_e_rides) मार्फत इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आइरहेका छन्,’ ग्रीन इनर्जी ईभी पोइन्टले भन्सार विभागलाई आइतबार लेखेको पत्रमा उल्लेख छ ।

नेपाली ग्राहकहरु भारतको सोनौली बजारबाट इलेक्ट्रिक स्कुटर खरिद गरी बिना भन्सार,  नेपाल प्रवेश गर्ने गरेको भन्दै व्यवसायीहरुले सरोकारवाला निकायले चोरी पैठारी नियन्त्रणमा ध्यान नदिदा आफूहरु मर्कामा परेको उल्लेख गरेका छन् ।

पत्रमा थप भनिएको छ, ‘नेपालको कानुन अनुसार सवारी साधन नेपालमा आयात गर्न आधिकारिक फर्मबाट मात्र गर्नुपर्ने र स्कुटरहरुलाई नेपालको यातायात कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधानलाई खिल्ली उडाउँदै यस्ता स्कुटरहरु निर्बाध रुपमा नेपाल भित्री रहेका छन् । उक्त कार्यले हामी जस्ता कानून बमोजिम आयात गरिरहेका व्यवसायी अत्यन्तै असहज महसुस गरिरहेका छौं।’

भारतीय बजारबाट भन्सार छलीका सवारी दर्ता बिना नै निर्वाध रुपमा सीमा क्षेत्रका जिल्लामा चलाउँदा दुर्घटनाको जोखिम समेत बढेको उल्लेख गर्दै व्यवसायीहरुले यस्ता चोरी पैठारी रोक्न भन्सार प्रशासनसँग माग गरेका छन् ।  ‘नाकाहरुमा खटिने राज्य प्रशासनले यसरी भारतबाट आउने सवारीलाई जफत गर्ने गरी कडा भन्दा कडा कदम चाल्न श्रीमानसँग बिनम्र अनुरोध गर्दछौं।’

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit