Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्न प्रचण्डको सुझाव

पूर्वराजालाई पार्टी खोलेर चुनाव लड्न प्रचण्डको सुझाव
विज्ञापन
Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

शनिबार बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटमा सञ्चारकर्मीले राखेका जिज्ञासाको उत्तर दिँदै प्रचण्डले राजतन्त्र पुनःस्थापना असम्भव भएको स्पष्ट पारे।

‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ’, उनले भने।

अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई, मधेश जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगका हुन्।

शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ ले जानकारी दिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit