
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज थोरै बढेको छ। चाँदीको मूल्य भने आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एकसय रुपैयाँले बढेर तोलाको एक लाख ७० हजार तीनसय रुपैयाँ कायम भएको छ।
गएको शुक्रबार सुनको मूल्य तोलाको एक लाख ७० हजार दुईसय रुपैयाँ थियो।
आज चाँदीको भाउ सामान्य घटेको छ। चाँदीको मूल्य तोलाको ५ रुपैयाँ घटेर आइतबार १ हजार ९ सय ८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्