Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार बढी सन्तानलाई छात्रवृत्ति

वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार बढी सन्तानलाई छात्रवृत्ति
विज्ञापन
Advertisement

काठमाडौं । सरकारले वैदेशिक रोजगारमा गएका श्रमिकका ३ हजार ३ सय बढी छोराछोरीलाई छात्रवृत्ति प्रदान गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

वैदेशिक रोजगारमा गएका श्रमिकका सन्तानलाई आर्थिक राहत तथा शिक्षामा निरन्तरता दिन वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्दै आएको छात्रवृत्ति कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा हालसम्म ३ हजार ३६३ जना विद्यार्थी लाभान्वित भएका छन्। वैदेशिक रोजगार बोर्डअन्तर्गतको वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीले सार्वजनिक गरेको विवरणअनुसार छात्रवृत्ति प्राप्त गर्ने कुल विद्यार्थीमध्ये १ हजार ७८१ जना छात्र र १ हजार ५८२ जना छात्रा रहेका छन्।

प्रदेशगत रूपमा हेर्दा लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै ७७८ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्। त्यसपछि कोशी प्रदेशका ७३७ जना, मधेश प्रदेशका ७१३ जना तथा गण्डकी प्रदेशका ५३१ जना विद्यार्थीले छात्रवृत्ति प्राप्त गरेका छन्। यस्तै, बागमती प्रदेशका ३८१ जना विद्यार्थी छात्रवृत्ति कार्यक्रमबाट लाभान्वित भएका छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा लाभग्राहीको संख्या तुलनात्मक रूपमा कम रहेको छ। विवरणअनुसार कर्णाली प्रदेशबाट १३८ जना र सुदूरपश्चिम प्रदेशबाट ८५ जना विद्यार्थी छात्रवृत्तिका लागि छनोट भएका छन्।

बोर्डका अनुसार प्राप्त निवेदनहरूको आवश्यक कागजात तथा मापदण्डका आधारमा मूल्याङ्कन गरी छात्रवृत्ति वितरण गरिएको हो।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit