काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘सिद्धार्थ महिला समृद्धि कर्जा’ योजना सार्वजनिक गरेको छ।
महिला नेतृत्वमा सञ्चालित लघु, साना तथा मझौला उद्यमहरूलाई वित्तीय पहुँचमा सहजता पुर्याउने उद्देश्यले बैंकले महिला उद्यमीहरूको व्यवसाय प्रवर्द्धनका लागि तीन तहमा कर्जा उपलब्ध गराउने भएको छ ।
बैंकले महिला स्वामित्वमा रहेका व्यवसायलाई १५ लाख रुपैयाँसम्म विना धितो कर्जा उपलब्ध गराउने जनाएको छ। यसैगरी, आंशिक धितोका आधारमा २५ लाख र पूर्ण धितो राखेर ५० लाख रुपैयाँसम्मको कर्जा सुविधा लिन सकिने बैंकले जनाएको छ।
यस कर्जा योजनालाई प्रभावकारी र व्यावहारिक बनाउन बैंकले इन्टरनेशनल फाइनान्स कर्पोरेशनको प्राविधिक सहयोगमा विशेष ‘स्कोरकार्ड’ मूल्यांकन प्रणाली विकास गरेको उल्लेख गरेको छ। यो नयाँ व्यवस्थाले धितो नभएकै कारण वित्तीय पहुँचबाट वञ्चित हुनुपर्ने महिला उद्यमीहरूको बाध्यतालाई न्यूनीकरण गर्ने र व्यवसायको वास्तविक सम्भावनालाई प्राथमिकता दिने विश्वास बैंकले लिएको छ।
यस कर्जासम्बन्धी थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्