Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा तेस्रोपटक भुकम्पको धक्का

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा तेस्रोपटक भुकम्पको धक्का
विज्ञापन
Advertisement

गण्डकी । तीनदिनको बीचमा गण्डकी प्रदेशमा तेस्रोपटक भुकम्पको धक्का महसुस भएको छ । कास्की केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ४ बजेर ११ मिनेटमा कास्कीको साइमाराङ आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको काठमाडौंको लैनचौरस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

भूकम्पको धक्का कास्की र आसपासका जिल्लामा पनि महसुस भएको थियो । भूकम्पको धक्काले बिहानीको मस्त निद्रा खलबलाइदिएको थियो । भूकम्पले क्षति पुर्‍याएरनपुर्‍याएको जानकारी प्राप्त हुन सकेको छैन ।

गण्डकी प्रदेशमा तीन दिनको अवधिमा गएको यो तेस्रो भूकम्प हो । यसअघि फागुन २४ गते बागलुङ केन्द्रविन्दु भएर ४.१ र म्याग्दी केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

फागुन २४ गते नै चीनको तिब्बतस्थित सिगात्सेको दिङ्गी केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प जाँदा नेपालको केन्द्रीय राजधानी काठमाडौं सहितका जिल्लामा पनि धक्का महसुस भएको थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit