काठमाडौं । राष्ट्रिष्य प्रजातन्त्र पार्टी (राप्रपा)का सासंद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओली र उनका प्रमुख सल्लाहकार विष्णु रिमाललाई कडा चुनौती दिएका छन्।
शाहीले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका रूपमा प्रतिस्पर्धा गर्न चुनौती दिएका छन्। साथै, उनले सल्लाहकार रिमाललाई वडा अध्यक्षको तयारी गर्न कटाक्ष गरेका छन्।
‘प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले लोकतन्त्रको स्याल हुयाँ दिन बन्द गर्नुपर्छ। जुन लोकतन्त्रको कुरा गरिरहनु भएको छ, के केपी ओलीलाई प्रत्यक्ष जनताले चुनेका हुन्? के महामहिम राष्ट्रपतिलाई जनताले चुनेका हुन्? शाहीले प्रश्न गरेका छन्।
उनको भनाइमा, वर्तमान व्यवस्थामा केही नेताहरूले मात्र फाइदा लिइरहेको र जनताले लोकतन्त्रको सही अभ्यास गर्न नपाएको स्पष्ट छ। ‘यदि दम र हिम्मत छ भने ओलीलाई प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीका लागि तयार पार्नुस्, अनि विष्णु रिमालज्यू वडा अध्यक्षको तयारी गर्नुस्,’ शाहीले कटाक्ष गर्दै भने।















प्रतिक्रिया दिनुहोस्