Advertisement
Advertisement
Corporate Samachar
८ असार २०८३, सोमबार
Advertisement

गमगढी–पिना सडक स्तरोन्नतीका लागि प्रदेश सरकारको करिब १६ करोड बजेट

गमगढी–पिना सडक स्तरोन्नतीका लागि प्रदेश सरकारको करिब १६ करोड बजेट
विज्ञापन
Advertisement

काठमाडौं । रारा घुम्न आउने पर्यटकहरूलाई सुविधा पुर्याउने उद्देश्यले कर्णाली प्रदेश सरकारले गमगढी–पिना सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेश सरकारले उक्त सडक खण्डलाई बहुवर्षीय योजनामा समेटेर यस वर्षको बजेटबाट १५ करोड ९८ लाख ८७ हजार रुपैयाँ बजेट सुनिश्चित गरेको हो ।

विज्ञापन
Advertisement
Advertisement

सडकको स्तरोन्नति भएपछि रारा अवलोकन गर्न आउने आन्तरिक र बाह्य पर्यटकहरू सजिलै गमगढी पुग्न सक्नेछन् । यसले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्ने अपेक्षा गरिएको छ । गमगढीका होटल व्यवसायीहरूका अनुसार, सडक स्तरोन्नतिपछि यहाँ आउने पर्यटकहरूको संख्या बढ्ने र गमगढीमा बस्ने पर्यटकहरूको अवधिमा पनि वृद्धि हुनेछ ।

जसले होटल र अन्य व्यापारिक गतिविधिमा टेवा पुर्याउनेछ । गमगढी बजारका व्यापारी र स्थानीय बासिन्दाका अनुसार, हाल पिना–ताल्चा हुँदै गमगढीसम्म यात्रा गर्नका लागि कच्ची र धुलाम्य सडकका कारण पर्यटकहरूको यात्रा असहज बन्ने गरेको छ। विशेषगरी वर्षा र पहिरोका कारण सडक अवरुद्ध हुँदा यहाँ आउने पर्यटकलाई समस्या हुँदै आएको छ ।

गमगढीमा आर्थिक गतिविधि बढ्ने

मुगु उद्योग वाणिज्य संघका अध्यक्ष मकल बहादुर बुढाले बजेट उचित समयमा आएको उल्लेख गर्दै व्यवसायिक रुपमा स्थानीय बजारलाई फाइदा पुग्ने धारणा राखे । उनले भने, ‘यो बजेट सहि समयमा र सहि स्थानमा आएको छ । यसबाट गमगढी बजारमा व्यवसायिक गतिविधिहरूमा वृद्धि हुनेछ र स्थानिय बासिन्दाहरूलाई प्रत्यक्ष फाइदा पुग्नेछ ।’

यस्तै, कर्णाली प्रदेश सभा सदस्य जितबहादुर मल्लले पनि रारा क्षेत्र नेपालको प्रमुख पर्यटकीय गन्तव्य रहेकाले स्थानीय अर्थतन्त्रमा उक्त योजनाले महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले भने, ‘सडकको अवस्थाका कारण स्थानीयहरूले अपेक्षित फाइदा लिन सकेका छैनन् । गमगढीमा उत्कृष्ट होटल सुविधाहरू भए पनि सडकको कारण पर्यटकहरू यहाँ आएर बस्न चाहँदैनन् । सडक निर्माण पछि यहाँ आएर एक रात बस्ने पर्यटकको संख्या बढ्नेछ,’ उनले भने ।

सडक निर्माणको समय र प्रक्रिया
पूर्वाधार विकास कार्यालय मुगुका प्रमुख कृष्णा चापागाईंका अनुसार, पिना–गमगढी सडकको निर्माण चालु आर्थिक वर्षको दौरान सुरु हुनेछ । एक सातापछि त्यसको ठेक्का प्रकृया अगाडी बढाउने उनले बताए । उनले भने, ‘सडकको प्राविधिक अध्ययन चाँडै सुरू हुनेछ र एक हप्ताभित्र ठेक्का प्रक्रियासम्बन्धी आवश्यक काम अगाडि बढाइनेछ ।’ गमगढी बजारका होटल व्यवसायी नेता चौलागाईंले भने, ‘हामीलाई धेरै वर्षदेखि पर्यटकहरूको गमगढीमा बस्ने चाहना थियो । अब सडक सुधार पछि हाम्रो व्यवसायमा मात्र होइन, सम्पूर्ण बजारको आर्थिक गतिविधिमा पनि उत्साह थपिनेछ ।’

गमगढी–पिना सडक खण्डमा हिउँदको समयमा सामान्य रूपमा यातायात सञ्चालनमा भए पनि वर्षायाममा पहिरोका कारण यात्रुले निकै सास्ती खेप्दै आएका छन् । छायाँनाथ रारा नगरपालिका–७ का हरिचन्द्र शाहीले भने, ‘वर्षा ऋतुमा हिँडडुल गर्न निकै गाह्रो हुन्छ, तर सडक सुधारपछि यात्रा सहज हुने छ ।’

उक्त योजना सम्पन्न हुँदा रारा पुग्ने पर्यटकहरूको आगमनमा वृद्धि हुने अपेक्षा पनि कर्णाली प्रदेश सरकारको छ ।नेपाल न्यूज बैंक

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit