images images images
images images images
images
images
images

‘नाडा अटो शो २०२५’ मा स्टल बुकिङका लागि ५ महिना अगावै रजिष्ट्रेशन खुल्ला

images

काठमाडौं । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले नाडा अटो शो २०२५ आयोजना गर्ने भएको छ ।

एशोसिएशनले पाँच महिना अगावै शो आयोजना गर्ने घोषणा गरेको हो । १७ औं संस्करणको नाडा अटो शो २०८२ भदौ ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप आयोजना हुनेछ ।

images
images

प्रदर्शनीको लागि यही फागुन २७ देखि चैत ४ गतेसम्म स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ । प्रदर्शनीमा भाग लिनेहरुलाई सर्वेक्षणको आधारमा गोला प्रथाबाट स्टल उपलब्ध गराइने जनाइएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पाङग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरु राखिने छन् ।

नाडा अटो शो २०२५ मा अहिले देखि नै भारत र चीन लगायतका अटोमोवाइल कम्पनीबाट चासो आइरहेकाले गत वर्षको तुलनामा यस वर्ष केही छिटो रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

अटो क्षेत्रमा संलग्न उद्योगी, व्यवसायी, कर्मचारी एवं आमउपभोक्तालाई नाडा अटो शोले सकारात्मक उर्जा एवं नविनतम् प्रविधिको साक्षात्कार गराउने नाडा अटो शो समितिका सहसंयोजक अनुपकुमार बरालले जानकारी दिए ।

images
images

प्रतिक्रिया दिनुहोस्