Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन गर्न महानगरपालिका र गुणस्तर विभागबिच सहमति पत्रमा हस्ताक्षर

घुम्ती खाद्य प्रयोगशालासहित अनुगमन गर्न महानगरपालिका र गुणस्तर विभागबिच सहमति पत्रमा हस्ताक्षर
विज्ञापन
Advertisement

काठमाडौं । खाद्य व्यवसायलाई स्वच्छ, ताजा र गुणस्तरीय बनाउने क्रियाकलाप सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका बिच आज सहमति पत्रमा हस्ताक्षर भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने र विभागका महा निर्देशक सञ्जीवकुमार कर्णले विभागको सभा कक्षमा आयोजित कार्यक्रममा हस्ताक्षर गरेका हुन् । खाद्य व्यवसाय अनुगमन तथा खाद्य नमूना परीक्षणको माध्यमबाट खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न सहकार्य थालिएको हो ।

संयुक्त अनुगमन तथा निरीक्षणका लागि घुम्ती खाद्य प्रयोगशालाको सञ्चालनका लागि आवश्यक साधन स्रोतको व्यवस्था महानगरपालिकाले गर्नेछ । अन्य व्यवस्थापन संयुक्त रुपमा हुनेछ । अनुगमन निरीक्षणमा घुम्ती खाद्य प्रयोगशाला, खाद्य प्राविधिक, माइक्रोबायोलोजिष्ट तथा विज्ञसहितको टोलीले संयुक्त टोली हुनेछ । अनुगमन निरीक्षण सम्बन्धी कार्ययोजना दुवै पक्षको सहभागितामा निर्धारण हुनेछ । महानगरपालिकाको सेवामा रहेका फुड टेक्नोलोजिष्ट र माइक्रोवायोलोजिष्ट तथा अन्य कर्मचारीलाई विभागले क्षमता विकास गराउनेछ ।

सहमति पत्रमा हस्ताक्षर गरिसकेपछि बोल्दै महानिर्देशक कर्णले सहमतिअनुसारका कामबाट काठमाडौँमा थोरै लगानी भएको ठाउँमा खाइने खाना होस् कि ठूलो लगानीमा सञ्चालित खाद्य सेवाका ठाउँ हुन् जहाँबाट पनि उपभोक्ताले स्वच्छ खाना प्राप्त गर्ने वातावरण सिर्जना हुने विश्वाश व्यक्त गरे ।

उनले भने, ‘स्थानीय तह आफैँसँग खाद्य प्रयोगशाला हुन सकोस् । आफैँ अनुगमन, परीक्षण र नियमन गर्न सकुन्, भन्ने मनसाय राखेर खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ ले स्थानीय तहलाई आफैँ प्रयोगशाला स्थापना गर्न तथा सञ्चालन गर्न सक्ने अधिकार दिएको छ । महानगरपालिकाले यो क्षमतामा काम गर्न सक्छ । विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।’ कर्णले भने, ‘महानगरपालिकासँगको सहकार्य थालनी हो । विभागले सबै स्थानीय तहसँग यसरी नै सहकार्य गर्नेछ ।’

आपसमा भएका क्षमता बाँडेर काम गर्दा स्वच्छ खाद्य सेवामा दिगो नतिजा आउँछ । विभागका उपमहानिर्देशक सोमकान्त रिजालले अनुगमनमा यस अघि देखिएको दोहोरोपनाको समस्या हटेर एकीकृत अनुगमन प्रणाली स्थापना हुने बताउँदै यसले व्यावसायिक वातावरणमा सकारात्मक प्रभाव पर्ने बताए ।

समाजका तल्लो तहमा रहेका नागरिकलाई राज्यले प्रदान गर्ने सुविधा नजिकैको सरकारबाट प्रदान गर्नका लागि संविधानले कल्पना गरेको सहकार्य संस्थागत हुँदै गएको छ । सहकार्यका विषयमा धारणा राख्दै महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले भन्नुभयो, ‘नीतिबाट, कार्यक्रमबाट र बजेटबाट छुट्टाछुट्टै वा एकीकृत रुपमा सहकार्य हुन सक्छ । यसका लागि नेतृत्वबाट भएको निर्देशनअनुसार सहकार्य गरिएको हो ।’ त्यस क्रममा उनले महानगरपालिकाले खाद्य स्वच्छता परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न लागेको जानकारी दिए ।

हस्ताक्षर कार्यक्रममा महानगरपालिकाको प्रशासन विभागका प्रमुख धु्रवकुमार काफ्ले, खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी, विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित पदाधिकारीहरु सहभागी रहेका थिए ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा विभागलाई प्रदेश सरकार तथा स्थानीय तहबाट हुने खाद्य व्यवसायको निरीक्षण तथा अनुगमनमा सहयोग तथा सहजीकरण गर्ने दायित्व दिएको छ । काठमाडौँ महानगरपालिकाले उपभोक्ताहरुको गुणस्तरीय, सुलभ खाद्य अधिकार सुरक्षाका लागि नियमित खाद्य सेवाको अनुगमन गरिरहेको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit