Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय नेपाली सेफ सम्मेलन आयोजना हुने

काठमाडौंमा पहिलो अन्तर्राष्ट्रिय नेपाली सेफ सम्मेलन आयोजना हुने
विज्ञापन
Advertisement

काठमाडौं । विश्वभरका नेपाली सेफहरूलाई एकताबद्ध गर्दै नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो अन्तर्राष्ट्रिय नेपाली सेफ सम्मेलन आयोजना गरिने भएको छ। सेफ सोसाइटी नेपालले आगामी नयाँ वर्ष २०८२ को वैशाख ६ गते शनिबार काठमाडौंमा भव्य सम्मेलनको आयोजना गर्ने तयारी गरेको छ। सेफ सोसाइटी क्यानाडाका वरिष्ठ उपाध्यक्ष ईश्वर पन्तका अनुसार यो सम्मेलनमा विश्वभर छरिएर रहेका करिब ५ हजार नेपाली सेफहरूको सहभागिता रहनेछ। पर्यटन मन्त्रालय र परराष्ट्र मन्त्रालयको सहयोगमा आयोजना हुने यस । सम्मेलनलाई नेपाली सेफहरूको प्रथम महाधिवेशनको रूपमा लिइएको छ। सम्मेलनको संयोजक सेफ अरुणिमा अरुण अधिकारी रहेकी छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाली खानाको प्रवर्द्धन र पेशागत अवसरहरूमा छलफल

सम्मेलनले नेपाली खानाको पहिचानलाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। साथै, नेपाली सेफहरूको पेशागत चुनौती, अवसर, तथा नयाँ प्रविधिको प्रयोगबारे विस्तृत छलफल गरिनेछ। विभिन्न परिकार समेटिएका ४० वटा स्टलहरू, जहाँ अन्तर्राष्ट्रिय स्तरमा नेपाली सेफहरूले तयार गरेका खानाहरूको स्वाद लिन पाइनेछ।

सेफ अवार्ड प्रदान, जसअन्तर्गत उत्कृष्ट सेफहरूलाई सम्मान गरिनेछ, चर्चित कलाकारहरूको सहभागितामा सांगीतिक कार्यक्रम,सेफ सोसाइटीको पुस्तक विमोचन,लोपोन्मुख नेपाली संस्कृतिका झाँकीहरू प्रस्तुत, ‘भान्से महासङ्ग्राम २०८२’ अन्तर्गत कलेज स्तरको ‘कुकरी’ प्रतियोगिता रहेको छ ।

नयाँ नेतृत्व चयन

सम्मेलनको अवसरमा आगामी कार्यकालका लागि सेफ सोसाइटीको नयाँ नेतृत्व चयन गरिनेछ। यसअघि विभिन्न ३६ देशमा स्थानीय अधिवेशन सम्पन्न भइसकेको छ। कम्तीमा ६ वर्षको अनुभव भएका सेफहरूलाई सम्मेलनमा सदस्यता तथा प्रमाणपत्र प्रदान गरिनेछ। सम्मेलनले नेपाली सेफहरूको सञ्जाललाई थप मजबुत बनाउन तथा भविष्यका लागि नयाँ सम्भावनाहरू सिर्जना गर्न योगदान गर्ने अपेक्षा गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit