
काठमाडाैं । सुनको मूल्य हालसम्मकै उच्च हुन पुगेको छ । यस अघि एक लाख ७४ हजार ४ सय ९९ रुपैयाँ पुगेको सुनको मूल्य मंगलबार १ लाख ७५ हजार २ सय रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा आज सुन प्रतितोला ११ सय रुपैयाँ बढ्दै अहिलेसम्मकै महँगो भएको हो ।
सोमबार सुनको मूल्य १ लाख ७४ हजार १ सय रुपैयाँ थियो । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार ५० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्