काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले दर्ज्यानी चिह्न ग्रहण गरेका छन् । मंगलबार गृह मन्त्रालयमा आयोजित दर्ज्यानी चिह्न ग्रहण समारोहमा गृह सचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्।

दर्ज्यानी चिह्न ग्रहण गरेपछि सम्बोधन गर्दै थापाले प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउँदा आफूलाई गम्भिर जिम्मेवारीवोध भएको बताए ।
यस्तै, उनले सेवामा रहँदासम्म सशक्त रुपमा प्रस्तुत भई कार्य गर्ने र कसैप्रति पूर्वाग्रह नराखी निष्पक्ष सेवा गर्ने प्रतिबद्धता जनाएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई आईजीपी नियुक्त गरेको हो। थापा प्रहरीको ३१ औँ नम्बरका आईजीपी हुन् ।
















प्रतिक्रिया दिनुहोस्