Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा ३३० जना मारिए

गाजामा इजरायलले गरेको हवाई आक्रमणमा ३३० जना मारिए
विज्ञापन
Advertisement

काठमाडौं । इजरायलले गाजामा फेरि हवाई आक्रमण गरेको छ । युद्धविराम लम्ब्याउने प्रयास असफल भएसँगै इजरायलले हवाई आक्रमण थालेको हो ।

विज्ञापन
Advertisement
Advertisement

इजरायलले गरेको पछिल्लो हवाई आक्रमणबाट गाजामा एकैरातमा कम्तीमा ३३० जना सर्वसाधारण मारिएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयको विवरण उल्लेख गर्दै बीबीसीले जनाएको छ । हमलामा कम्तीमा ५० जना बालबालिका र २८ महिला परेको मन्त्रालयले जनाएको छ ।

आक्रमणमा परी घाइते भएका दर्जनौँको अवस्था गम्भीर रहेको मन्त्रालयका प्रमुख मोहम्मद जाकतले बताएका छन् ।

इजरायलका रक्षामन्त्री इजरायल काट्जले सबै बन्धकलाई रिहा नगरेसम्म लडाइँ नरोकिने बताएका छन् ।

इजरायलले गत जनवरी १९ यताकै भीषण आक्रमण गरेको बीबीसीले जनाएको छ । इजरायलका प्रधानमन्त्री नेतान्याहुको कार्यालयले हमासले निरन्तरूपमा बन्धक रिहा गर्न र युद्धविराम लम्ब्याउने प्रस्ताव अस्वीकार गरेपछि आक्रमण थालेको प्रतिक्रिया दिएको छ ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit