काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः निर्वाचित भएका छन् ।
पोखरामा सम्पन्न एशोसियसनको १९औं वार्षिक साधारण सभाले श्रेष्ठलाई सर्वसम्मतीबाट दोस्रो कार्यकालका लागि चयन गरेको हो । सभाले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः कामना सेवा बिकास बैंकको प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली, गरिमा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ज्योति बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त गरेको छ ।
यस्तै, सदस्यहरुमा लुम्बिनी बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहरा, साइन रेसुङ्गाका प्रकाश पौडेल, महालक्ष्मी बिकास बैंकका दिपेश लम्साल, ग्रिन डेपलपमेन्ट बैंकका हरिबहादुुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश पोखरेल गरी पाँच जनालाई सभाले चयन गरेको छ ।

















प्रतिक्रिया दिनुहोस्