Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

खोजमूलक पत्रकारिता गर्नेलाई चार वटा फेलोसिपको अवसर, चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने

खोजमूलक पत्रकारिता गर्नेलाई चार वटा फेलोसिपको अवसर, चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्ने
विज्ञापन
Advertisement

काठमाडौं । भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले ‘खोजमूलक पत्रकारिता फेलोसिप–२०८२’ घोषणा गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

देशमा भ्रष्टाचारले शासन प्रणालीमाथि नै चुनौती दिइरहेको र नागरिकहरूले सुशासन चाहेको वर्तमान अवस्थामा, पत्रकारितामार्फत प्रभावकारी आवाज उठाउने उद्देश्यसहित चारवटा फेलोसिप प्रदान गरिने फाउन्डेसनले जनाएको छ। फेलोसिपका लागि इच्छुक पत्रकारहरूले २०८१ चैत मसान्तभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।

उक्त पुरस्कारका लागि समावेश लेख रचना नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमा परिवर्तन ल्याउन सक्ने वा आफूले गरेको खोजमूलक अनुसन्धानको लेखमार्फत प्रभाव देखाउन सक्ने स्तरको सोध खोजलाई विशेष प्राथमिकता दिएर तयार गरेको सामग्री हुनुपर्ने संस्थाले उल्लेख गरेको छ ।

प्रतिस्पर्धामा उक्त सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडिया वा डिजिटल पोर्टलमा प्रकाशितरप्रसारित भएको हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

स्वीकृत भएका प्रस्तावहरूका आधारमा छनोट भएका पत्रकारहरूलाई फेलोसिपबारे जानकारी गराइने संस्थाले जनाएको छ । फेलोसिप अन्तर्गत तयार गरिने अनुसन्धान तथा खोजमूलक सामग्री २०८२ चैत मसान्तभित्र प्रकाशित भइसकेको हुनुपर्ने व्यवस्था गरिएको छ।

फाउन्डेसनले खोजमूलक पत्रकारिताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले यो फेलोसिप ल्याएको हो। आवेदकले फाउन्डेसनको कार्यालयमा सम्पर्क गर्नुपर्नेछ ।

बारबरा फाउन्डेसन, बालुवाटार, काठमाडौंको पोष्ट बक्स नम्बरः १९८५५ फोनः ९८४३७७३८१७ तथा इमेलः

[email protected] मा सम्पर्क गर्न सकिने जनाइको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit