रामेछाप । ग्लोबल मनि सप्ताह २०२५को अवसरमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय मन्थलीले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. ७ स्थित श्री रुद्राक्षेस्वर माध्यामिक विद्यालयमा बिहिबार विद्यार्थीसंग वित्तिय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । वित्तीय साक्षरता कार्यक्रमबाट विशेषगरी विद्यार्थी (युवा वर्ग) लाई पैसाको महत्व तथा सही सदुपयोग गर्न प्रेरणा तथा जागरण गर्नु कार्यक्रमको मुख्य लक्ष्य रहेको संस्थाले उल्लेख गरेको छ ।
कार्यक्रममा विद्यार्थीहरुलाई बचतको महत्व, भोलिको दिनमा ऋणको उपयोग, आवश्यकता तथा सदुपयोगिता जस्ता विषयमा जानकारी गराइएको छ । यस्तै, वित्तीय डिजिटल सुरक्षा, बैंकिङ सेवा, बैंकका काम कारवाही, बैंक खाता, डिजिटल बैंकिङ सेवा, डिजिटल फ्रड बाट बच्ने उपायहरु, सामुदायिक लघुवित्त वित्तिय संस्थाद्धारा प्रदान भैरहेका वित्तिय सेवाहरु, शेयरलगायतको बारेमा विद्यालयका शिक्षक सहित कक्षा ८, ९, ११ र १२ का विद्यार्थीहरुलाई ज्ञान प्रदान गरिएको थियो ।

कार्यक्रमको सभापतित्व विद्यालयका प्र.अ. हर्क बहादुर भुजेलले गरेका थिए भने संस्थाको वर्तमान वित्तीय सेवाका सन्दर्भमा केन्द्रीय कार्यालयका सञ्चालन विभाग प्रमुख सुमन दनुवार र सामान्य सेवा विभाग प्रमुख मिलन महर्जनले जानकारी दिए ।

















प्रतिक्रिया दिनुहोस्