काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले वीरगन्जमा टाटा योद्धा १.५टी को क्षेत्रीय रुपमा सार्वजनिक गरेको छ । व्यावसायिक प्रयोजनका लागि डिजाइन गरिएको सो पिकअप अब वीरगन्जका ग्राहकहरूको लागि सहज रूपमा उपलब्ध हुने कम्पनीले उल्लेख छ ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले टाटा मोटर्सको विश्वव्यापी प्रतिष्ठा, सिप्रदीसँगको सशक्त साझेदारी तथा उत्कृष्ट बिक्रीपछिको सेवाहरूको प्रशंसा गरे । यस्तै, सिप्रदीका कृष्ण चन्दले टाटा योद्धा १.५टी गाडीको टिकाउपन, उच्च भार बहन क्षमता र व्यावसायिक कुशलताका फाइदाहरूबारे जानकारी गराए ।
कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवाल, पर्सा मदिरा व्यवसायी संघ अध्यक्ष चिनिलाल पटेललगायतको सहभागिता रहेको थियो ।
सार्वजनिक टाटा योद्धा १.५टी मा रहेका विशेषताहरु यस्ता छन् :
– शक्तिशाली 3L (2956 CC) डिजेल इन्जिन – २५०Nm टर्क सहित
-१५०० किलोग्राम (1.5 टन) सम्मको भार बहन क्षमता
-३०% ग्रेडिएबिलिटी – अप्ठ्यारा बाटाहरू सहज पार गर्न सक्षम
-मजबुत बनावट, उच्च ग्राउन्ड क्लियरेन्स र आरामदायी ड्राइभिङ अनुभव
-४x२ तथा ४x४ विकल्पमा उपलब्ध

















प्रतिक्रिया दिनुहोस्