Advertisement
Advertisement
Corporate Samachar
३ असार २०८३, बुधबार
Advertisement

तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा शतह प्रहार गर्ने एक मात्र बंगाली पूर्वकप्तान तमीमलाई मैदानमै हृदयघात

तीनै अन्तर्राष्ट्रिय फर्म्याटमा शतह प्रहार गर्ने एक मात्र बंगाली पूर्वकप्तान तमीमलाई मैदानमै हृदयघात
विज्ञापन
Advertisement

काठमाडौं । बङ्गलादेशका एकदिवसीय क्रिकेटका पूर्वकप्तान तमीम इक्बाललाई घरेलु मैदानमै हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

ढाका प्रिमियर डिभिजन क्रिकेट लिगमा ३६ वर्षीय तमीमले मोहम्मडन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका समय हृदयघात भएको हो ।
खेलका लागि ‘टस’पछि उनले छाती दुखेको गुनासो गरेका र मैदानमा प्रारम्भिक उपचारपछि उनलाई तत्काल नजिकैको अस्पतालमा लगिएको थियो ।

‘उनलाई हृदयाघात भएको हो । मलाई अहिलेसम्म जानकारी भए अनुसार उहाँको मुटुले राम्रोसँग काम गर्न थालिसकेको छ,’ बङ्गलादेश क्रिकेट बोर्ड (बीसीबी)का मेडिकल अफिसर देबाशीष चौधरीले एएफपीसँग भने ।

टोलीका एक अधिकारी तारिकुल इस्लामले एएफपीलाई बताएअनुसार तमीमको ढाकाको बाहिरी इलाकामा रहेको सावरको एक अस्पतालमा उपचार भइरहेको छ र बङ्गलादेशी जनतालाई उनको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न आग्रह गरिएको छ। ​

बीसीबीले तमीम अचानक बिरामी भएपछि आफ्नो निर्धारित बोर्ड बैठक स्थगित गरेको थियो र बोर्डका धेरै सदस्यहरू उनलाई भेट्न अस्पताल गएका थिए।​

तमीमले सन् २००७ देखि २०२३ को बीचमा बङ्गलादेशको प्रतिनिधित्व गर्दै ३९१ म्याच खेलेका छन् । उनले १५ हजारभन्दा बढी अन्तर्राष्ट्रिय रन बनाएका छन् र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक प्रहार गर्ने एक मात्र बङ्गलादेशी ब्याट्सम्यान हुन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit