काठमाडौं । म्यान्मामा केन्द्रविन्दु बनाएर शुक्रबार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट बैंककमा एक सरकारी कार्यालयका लागि निर्माणाधीन ३० तले भवन ढल्दा ४३ श्रमिक फसेको र दुई जनाको ज्यान गएको प्रहरी र चिकित्सकहरूले जानकारी दिएका छन् ।
थाई राजधानीको उत्तरी भेगमा रहेको यो भवन केही सेकेन्डमा भग्नावशेष र धातुको घुमाउरो गुच्छामा परिवर्तन भएको थियो ।
थाई आपत्कालीन प्रतिक्रियाकर्ताहरूले राजधानी बैंककमा शक्तिशाली भूकम्प आएपछि खसेको भवनको भग्नावशेषमुनि दुई जनाको मृत्यु भएको र अन्य अझै रहेको भवनमुनि पुरिएको बताएका छन् । उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई सात जनाको जीवित उद्दार गरिएको जानकारी दिए ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७.७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको अर्को भूकम्प गएको थियो ।

आपत्कालीन अवस्था घोषणा
यसैबीच थाइ अधिकारीहरूले बैंककमा आपत्कालीन अवस्था घोषणा गरेका छन् । म्यान्मामा केन्द्रीत भूकम्पले बैंकक सहरलाई आक्रान्त पारेपछि प्रधानमन्त्री सिनावात्राले शुक्रबार आपत्कालीन अवस्था घोषणा गरिएको बताए । भूकम्पपछि बैंककका विभिन्न भवनहरूमा क्षति पुगेको सूचना छ, जसमध्ये सहरको उत्तरी भेगमा एउटा ३० तले निर्माणाधीन भवन ढलेको थियो ।
भूकम्पपछि म्यान्माको जुन्ताद्वारा अन्तर्राष्ट्रिय सहयोगका लागि आग्रह
म्यान्माको सत्तारूढ दल जुन्ताले शुक्रबार देशमा शक्तिशाली भूकम्प आएपछि अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि अनुरोध गरेको छ । साथै जुन्ताले छ वटा क्षेत्रमा आपत्काल घोषणा गरेको छ । एएफपी पत्रकारहरूले जुन्ता प्रमुख मिन आङ ह्लाइङलाई न्यापिडोको अस्पतालमा देखेका थिए । त्यहाँ ७.७ म्याग्निच्युडको भूकम्पपछि घाइतेहरूको उपचार गरिँदै थियो । “हामी अन्तर्राष्ट्रिय समुदायले सम्भव भएसम्म चाँडै मानवीय सहायता गर्नुपर्छ भन्ने चाहन्छौँ”, जुन्ता प्रवक्ता जा मिन टुनले भने । भूकम्पबाट भएको मानविय क्षतिको विवरण बाहिर आउन बाँकी छ । तर सैन्य सरकारले सहयोगका लागि अपिल गरिरहेको छ । म्यान्मामा यस्तो सहयोगको याचना सैन्य सरकारले प्राकृतिक प्रकोपपछि विरलै गर्छ । यसले भौतिक क्षतिको स्तर ठूलो हुनसक्ने सङ्केत गरेको छ । जुन्ताले विज्ञप्तिमा सबैभन्दा बढी प्रभावित क्षेत्रहरू मध्ये छ वटा सागिङ, मन्दलाय, मगवे, उत्तरपूर्वी शान राज्य, न्यापिडो र बागोमा आपत्कालीन अवस्था लागू भएको जनाएको छ ।
मन्दलाय, न्यापिडो र सागिङका बिरामीहरूका लागि रक्तदान आवश्यक रहेको जा मिन टुनले बताएका छन् । एजेन्सी







भाेजराज भण्डारी 




















प्रतिक्रिया दिनुहोस्