Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल, आईएसएसमा फसेका दुई अन्तरिक्षयात्री पृथ्वीमा फर्किने सम्भावना बलियो

स्पेसएक्स यान आईएसएसमा पुग्न सफल, आईएसएसमा फसेका दुई अन्तरिक्षयात्री पृथ्वीमा फर्किने सम्भावना बलियो
This image made from video by NASA shows astronauts, including Nichole Ayers, center left, greeting each other after a SpaceX capsule docked with the International Space Station, Sunday, March 16, 2025. (NASA via AP)
विज्ञापन
Advertisement

केनेडी स्पेस सेन्टर । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सको रकेट आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) मा सकुशल पुगेको छ ।

विज्ञापन
Advertisement
Advertisement

नौ महिनाभन्दा बढी समयदेखि आईएसएसमा फसेका दुई अन्तरिक्षयात्रीलाई पृथ्वीमा ल्याउन उक्त यानलाई अन्तरिक्षमा पठाइएको थियो । यानमा १० यात्रीलाई पठाइएको थियो ।

दुवै यानको भेटपछि उनीहरूले अन्तरिक्षमा फसेका दुई यात्री बुच विल्मोर र सुनीता विलियम्ससँग आपसमा खुसी साटेका छन् । उनीहरूले शून्य गुरुत्वाकर्षणमा आफ्ना समकक्षीलाई अँगालो हालेको टेलिभिजनबाट प्रत्यक्ष प्रसारित फुटेजमा देखाइएको थियो ।

आफ्नो पहिलो चालक दल यात्रामा परीक्षण गरिरहेको बोइङ स्टारलाइनर अन्तरिक्षयानले उनीहरूलाई पृथ्वीमा फिर्ता उडान गर्न असमर्थ भएपछि विल्मोर र विलियम्स गएको जुनदेखि कक्षीय प्रयोगशालामा फसेका थिए । त्यसपछि विल्मोर र विलियम्सको यात्रा नौ महिनासम्म लम्बिएको हो ।

यो लगभग ६ महिनाको अन्तरिक्षयात्रीका निम्ति मानक आईएसएस रोटेसनभन्दा धेरै लामो भएको छ । तर, यो सन् २०२३ मा नासाका अन्तरिक्षयात्री फ्रान्क रुबियोले बनाएको ३७१ दिनको अमेरिकी अन्तरिक्ष रेकर्ड वा मिर अन्तरिक्ष स्टेसनमा लगातार ४३७ दिन बिताएका रुसी अन्तरिक्षयात्री भ्यालेरी पोल्याकोभको विश्व रेकर्डभन्दा छोटो हो ।

तैपनि, आफ्नो परिवारबाट लामो समयसम्म टाढा रहनुको अनपेक्षित प्रकृतिले उनीहरूप्रतिको चासो र सहानुभूति बढाएको छ । उनीहरूले यति लामो समयका निम्ति अतिरिक्त लुगाफाटा र व्यक्तिगत हेरचाहका सामान समेत साथमा लगेका थिएनन् । रासस/एएफपी

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit