images images images
images images images
images
images
images

देशमा आतंक फैलियोस भन्ने चाहेका मण्डलेले तीनकुनेमा अराजकताको पराकाष्ठा देखाए : प्रचण्ड

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनकुनेमा राजावादी समर्थकहरूले मच्चाएको अराजकताप्रति कटाक्ष गर्दै उनिहरुले देशमा आतंक  फैलाउन चाहेको बताएका छन् ।

समाजवादी मोर्चाको आयोजनामा भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मण्डलेहरुले भिडलाई उत्तेजित पार्न चाहने तर्क गरेका छन् ।

images
images

‘हामीले सभा राख्ने घोषणा गरेपछि उनीहरूले पनि आजै सभा राखे। यसबाट उनीहरू वातावरण धमिल्याउने र उत्तेजित पार्न चाहने मनसायमा त देखिएकै थिए’, प्रचण्डले भने ।

यस्तै उनले देशमा आतंक फैलियोस् भन्ने चरित्र राजावादीको भएको बताए ।
प्रचण्डले भने, ‘१२ वर्ष ढुंग्रोमा राखे पनि कुकुरको पुच्छर बाङ्गाको बाङ्गै भनेजस्तो मण्डलद्वारा अराजकताको पराकाष्ठ भएको छ। तीनकुनेमा मण्डलेहरूले घरमा आगो लगाएका छन्, ढुंगा प्रहार गरेका छन्। १/२ जना मान्छे मरुन् र देशमा आतंक फैलियोस भन्ने चाहेका छन्, त्यो राजावादीको चरित्र हो।’

प्रचण्डले आफूहरूले शान्तिपूर्वक कार्यक्रम गरिरहेको भन्दै जनता र गणतन्त्रवादी दलहरूलाई कमजोर ठानेर इतिहास पछाडि फर्काउने दुस्साहस नगर्न भन्दै राजावादीलाई इँटको जवाफ पत्थरले दिने चेतावनी दिएका छन् ।
‘उनीहरूले १० हजार निकाले हामी एक लाख, उनीहरूले एक लाख (जनता) निकाले हामी १० लाख निकाल्छौँ । तिमीले १० लाख ल्याउँछौँ भने एक करोड निकालेर देखाउँछौँ ।’

उनले थप भने, ‘हामी यहाँ लाखभन्दा बढी जम्मा छौँ तर बढो अनुशानित र शान्त छौँ। त्यसकारण तुलना गर्नुस् गणतन्त्रवादी र राजावादी निरंकुशतावादीको चरित्र यहीँ फरक छ। आज सबैले बुझ्ने गरी राजावादीहरूले प्रदर्शन गरे । म चुनौतीका साथ भन्न चाहन्छु, नेपाली जनता र गणतन्त्रवादी दलहरूको उदारतालाई कमजोरी ठानेर इतिहासलाई पछाडि फर्काउने दुस्साहस नगरोस्।’

 

 

 

images
images

प्रतिक्रिया दिनुहोस्