Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

बजारमा बेच्ने वस्तुमा लेबल नराखे चैत २० गतेपछि कारबाही गर्ने विभागको चेतावनी

बजारमा बेच्ने वस्तुमा लेबल नराखे चैत २० गतेपछि कारबाही गर्ने विभागको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं ।  सरकारले बजारमा बिक्री गर्ने वस्तुमा लेबल नराखे कारबाही गर्ने चेतावनी दिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक सूचना निकालेर बजारमा बिक्री गर्ने वस्तुमा लेबल राख्न चैत २० गतेसम्मको समय दिएको छ ।

स्वदेशमा उत्पादित वस्तु भए सम्बन्धित उत्पादकले र विदेशबाट ल्याइने वस्तु भए पैठारीकर्ताले आफ्ना वस्तुमा लेबल अनिवार्यरुपमा राखुपर्ने उल्लेख छ। लेबलमा उत्पादकको नाम, ठेगाना र दर्ता नम्बर, वस्तुको उत्पादन र उपभोग्य मिति र ब्याच नम्बर, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य राख्नुपर्ने छ । । यस्तै, मानव स्वास्थ्यलाई प्रतिकूल असर पर्ने भए चेतनामूलक सन्देश, चित्र वा चिन्हको प्रयोग गर्न समेत भनिएको छ ।

सूचनालाई बेवास्ता वा अटेर गरी लेबलविनाका वस्तु बजारमा बिक्री प्रयोजनका लागि राखिएको भेटिए कारबाही गर्ने विभागले चेतावनी दिएको हो।

‘ बजारमा बिक्री वितरणमा पठाउनु अघि अनिवार्य रुपमा तयारी मालवस्तुमा लेबल लगाउनुहुन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, व्यवसायी लगायत सरोकारवालालाई यो सूचना प्रकाशित गरिएको छ । यो सूचनाको वेवास्ता वा अटेर गरी लेबल बिनाका वस्तुहरु बजारमा बिक्री वितरण प्रयोजनका लागी राखिएको भेटिएमा प्रचलित कानून बमोजिम कारबाही हुने जानकारी गराइन्छ’ सूचनामा भनिएको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ को उपदफा ३ मा बजारमा बिक्री गरिने वस्तुमा सर्वसाधारणले बुझ्ने गरी नेपाली वा अंग्रेजी भाषामा अनिवार्य लेबल लगाउनु पर्ने कानुनी व्यवस्था छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit