images images images
images images images
images
images
images

सामसङ ग्यालेक्सी ए सिरिजका तीन नयाँ फाइभजी स्मार्टफोन नेपालमा, यस्ता छन् विशेषता

images

काठमाडौं । सामसङले नेपाली बजारमा ग्यालेक्सी ए सिरिजका तीन नयाँ फाइभजी स्मार्टफोन ल्याएको छ । कम्पनीले ग्यालेक्सी ए५६ फाइभजी, ग्यालेक्सी ए३६ फाइभजी र ग्यालेक्सी ए२६ फाइभजी सार्वजनिक गरेको हो ।

सामसङले पहिलो पटक ग्यालेक्सी ए सिरिजमा ‘असम इन्टेलिजेन्स’ प्रविधि समावेश गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मार्फत क्रियटिभिटी (सिर्जनात्मकता)लाई नयाँ परिभाषा दिन खोजेको जनाएको छ ।

images
images

सार्वजनिक ए सिरिजका स्मार्टफोनमा एडभान्स्ड क्यामेरा सिस्टम, धुलो र पानी प्रतिरोधात्मक क्षमताका लागि आईपी ६७ रेटिङ, गोरिल्ला ग्लास भिक्टस प्लस सुरक्षा र ६ वर्षसम्मको ओएस र सेक्युरिटी अपडेट उपलब्ध हुनेछ ।

सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले यी स्मार्टफोनले एआई प्रविधिको अनुभवलाई धेरै प्रयोगकर्तामाझ ल्याएर ‘सबैका लागि एआई’ भन्ने कम्पनीको सोचलाई साकार पार्ने दाबी गरे । यी स्मार्टफोनमा ‘असम इन्टेलिजेन्स’ नामक मोबाइल एआई समावेश गरिएको छ । जसले प्रयोगकर्तालाई शक्तिशाली, रमाइलो र सजिलो एआई टुलहरू प्रदान गर्छ । गुगलको ‘सर्कल टु सर्च’ फिचरलाई थप बलियो उन्नत बनाएको कम्पनीको भनाई छ । स्क्रिनमा देखिएको नम्बर, ईमेल एड्रेस वा यूआरएल सजिलै पहिचान गर्नसक्ने तथा बजिरहेको गीत पनि पहिचान गर्ने विशेषता रहेको कम्पनीले जनाएको छ ।

यस्तै, ५० मेगापिक्सेल मुख्य क्यामेरा दिइएको छ भने ग्यालेक्सी ए५६ र ए३६ मा १०(बिट एचडीआर फ्रन्ट क्यामेरा छ । ग्यालेक्सी ए५६ मा १२ मेगापिक्सेल अल्ट्रा(वाइड लेन्स र ‘बेस्ट फेस’ फिचर उपलब्ध छ । ‘नाइटोग्राफी’ प्रविधिले न्यून प्रकाशमा पनि राम्रो फोटो खिच्ने कम्पनीको दाबी छ । त्यस्तै ‘अब्जेक्ट इरेजर’ सुविधाले फोटोबाट अनावश्यक वस्तु सजिलै हटाउन सकिनेछ । ए सिरिजका तीन ओटै स्मार्टफोनमा ६ जेनेरेसनसम्मको एन्ड्रोइड ओएस र वन यूआई अपडेट उपलब्ध गराइएको छ भने ६ वर्षसम्मकै सुरक्षा अपडेट प्रयोगकर्ताले पाउनेछन् । ग्यालेक्सी ए५६ र ए३६ मा ६.७ इन्च एफएचडी प्लस सुपर एमोलेड डिस्प्ले छ । जसको पिक ब्राइटनेस १२०० निट्ससम्म पुग्न सक्छ ।

यी फोनमा ५००० एमएएच ब्याट्री रहेको छ । दुवै फोनले ४५ वाट चार्जिङ पावर सपोर्ट गर्दा ग्यालेक्सी ए५६ मा फाइभजी एक्सिनोस १५८० चिपसेट र ग्यालेक्सी ए३६ मा स्न्यापड्रागन सिक्स जेन थ्री प्रोसेसर प्रयोग भएको उल्लेख छ । ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ आउँदो अप्रिलको पहिलो साताबाट बजारमा आउने कम्पनीले जानकारी दिएको छ ।​

 

 

images
images

प्रतिक्रिया दिनुहोस्