Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सिजी मोटर्सद्वारा भक्तपुरमा ‘द फर्स्ट २१० एक्सपिरियन्स’ आयोजना

सिजी मोटर्सद्वारा भक्तपुरमा ‘द फर्स्ट २१० एक्सपिरियन्स’ आयोजना
विज्ञापन
Advertisement

काठमाडौं । नेपालका लागि हिरो मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता सिजी मोटर्सले भक्तपुरको सल्लाघारीमा विशेष प्रयोगात्मक कार्यक्रम ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बहुप्रतिक्षित हिरो एक्सपल्स २१० मोटरसाइकललाई लक्षित गरी आयोजना गरिएको उक्त कार्यक्रममा एड्भेन्चर प्रेमी राइडर, सञ्चारकर्मी तथा डिजिटल कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको जनाएको छ।

सल्लाघारीस्थित ‘एक्सट्र्याक्स’ को विशेष रूपमा डिजाइन गरिएको डर्ट ट्र्याकमा सहभागीहरूले पहिलो पटक यो बाइकको राइडिङ अनुभव (टेस्ट राइड) लिएका थिए। चुनौतीपूर्ण अफ–रोड परिस्थितिमा मोटरसाइकलको परिमार्जित कार्यक्षमता, उत्कृष्ट सस्पेन्सन र एड्भेन्चर–अनुकूल क्षमताको स्थलगत परीक्षण गरिएको थियो।

कार्यक्रमका अवसरमा सिजी मोटर्स–हिरोले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव र एड्भेन्चर–केन्द्रित उत्पादनहरू उपलब्ध गराउन आफूहरू सदैव प्रतिबद्ध रहेको बताएको छ। परम्परागत सडकहरूभन्दा बाहिर निस्केर नयाँ क्षेत्रहरूको अन्वेषण गर्न चाहने राइडरहरूको बदलिँदो आवश्यकता पुरा गर्न हिरो एक्सपल्स २१० को विकास गरिएको कम्पनीको भनाइ छ।

उच्च कार्यक्षमताका कारण यस मोडलले नेपाली बजारमा बलियो उपस्थिति जनाउने विश्वास कम्पनीले लिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit