Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

वीरगञ्जमा खुल्यो एथर स्कुटरको नयाँ शोरुम, ग्राहकलाई ८ वर्षको ब्याट्री वारेन्टी

वीरगञ्जमा खुल्यो एथर स्कुटरको नयाँ शोरुम, ग्राहकलाई ८ वर्षको ब्याट्री वारेन्टी
विज्ञापन
Advertisement

वीरगंज । नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जीले वीरगंजको आदर्शनगरमा नयाँ एथर एक्सपिरियन्स सेन्टर सञ्चालनमा ल्याएको छ।

विज्ञापन
Advertisement
Advertisement

गेटवे मोटर्सको व्यवस्थापनमा सञ्चालनमा आएको यस केन्द्रसँगै नेपालभर एथरका शोरुमहरूको संख्या १२ पुगेको छ।

नयाँ शोरुममा ग्राहकहरूले प्रविधिमैत्री र उच्च प्रदर्शनयुक्त र पारिवारिक प्रयोगका लागि उपयुक्त एथर ४५० सिरिजका स्कुटरहरूको अवलोकन, टेस्ट राइड र खरिद गर्न सक्नेछन्। एथरले आफ्ना स्कुटरहरूमा उद्योगकै उत्कृष्ट ८ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्दै आएको छ।

बिक्रीपछिको सेवालाई ध्यानमा राख्दै कम्पनीले देशभर १० भन्दा बढी अधिकृत सर्भिस सेन्टरहरू र द्रुत चार्जिङका लागि ४० भन्दा बढी स्थानमा ‘एथर ग्रिड’ फास्ट चार्जिङ नेटवर्क सञ्चालन गरिरहेको छ।

वीरगञ्ज शोरुम उद्घाटनको अवसरमा कम्पनीले आगामी असार १२, २०८३ सम्म लागू हुने गरी विशेष सीमित अवधिको अफर सार्वजनिक गरेको छ। यस अन्तर्गत ग्राहकले आकर्षक फाइनान्सिङ अर्थात् शून्य ब्याजदरमा ब्याट्री वारेन्टी र एक्सचेन्जमा ८ हजार रुपैयाँ सम्मको अतिरिक्त मूल्याङ्कन लाभ प्राप्त गर्न सक्नेछन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit