Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

‘ अमेरिकाले आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी

‘ अमेरिकाले आक्रमण गरे कडा जवाफ दिने’ इरानी सर्वोच्च नेता खामेनीको चेतावनी
विज्ञापन
Advertisement

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले इरानमाथि आक्रमण गरिए कडा प्रतिकार गर्ने जवाफ दिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

“उनीहरूले हानि पुर्‍याउने धम्की दिएका छन्,” नेता खामेनीले मुस्लिमहरूको ईद अल–फित्रको अवसरमा आयोजित एक भाषणको क्रममा ट्रम्पको पछिल्लो चेतावनिको जवाफ फर्काए ।

उनले भनेका छन्, “यदि यो गरियो भने, उनीहरूले निश्चित रूपमा कडा जवाफी हमला प्राप्त गर्नेछन्।” शनिबार एक अन्तर्वार्तामा ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रमबारे कुनै सम्झौता नगरेमा इरानमाथि बम प्रहार गरिने धम्की दिएका थिए ।

“यदि उनीहरूले सम्झौता गरेनन् भने त्यहाँ बमबारी हुनेछ,” एनबीसी न्यूजले ट्रम्पलाई उद्धृत गर्दै लेखेको छ। ट्रम्पले इरानलाई ‘अतिरिक्त कर’को लगाएर सजाय दिने चेतावनी पनि दिएका थिए । यद्यपि, ट्रम्पले अमेरिकाले सिधै अमेरिकी विमानबाट बम बारी गर्ने धम्की दिएका हुन् वा इजरायलसँगको समन्वयमा आक्रमण गर्ने चेतावनी दिए भन्ने समाचारमा खुलेको छैन।

गत जनवरीमा पदभार ग्रहण गरेदेखि नै ट्रम्पले इरानमाथि आणविक कार्यक्रमबारे सम्झौता गर्न पटक–पटक ‘अधिकतम दबाब’ दिँदै आएका छन् । आफ्नो पहिलो कार्यकालमा उक्त नीतिअन्तर्गत ट्रम्पले सन् २०१८ मा इरानको आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौताबाट अमेरिकालाई फिर्ता भएको घोषणा गरेका थिए भने त्यसपछि तेहरानमाथि पुनः कडा प्रतिबन्ध लगाए ।

संयुक्त राज्य अमेरिकालगायत पश्चिमा देशहरूले लामो समयदेखि इरानले आणविक हतियारको पछि लागेको आरोप लगाउँदै आएका छन् । यसलाई तेहरानले अस्वीकार गर्दै आएको छ। तेहरान र विश्व शक्तिराष्ट्रहरूबीच सन् २०१५ मा भएको उक्त सम्झौतामा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षालाई सीमित गर्न आवश्यक थियो । गत मार्च ७ मा ट्रम्पले खामेनीलाई आणविक वार्ताका लागि आह्वान गर्न पत्र लेख्दै तेहरानले नमाने सैन्य कारबाही हुनसक्ने चेतावनी दिएका थिए ।

पश्चिमा देशहरूले इरानलेआफ्नो प्रभाव विस्तार गर्न आतङ्कवादी सङ्गठनका रूपमा व्यापक रूपमा प्रतिबन्धित छद्म शक्तिहरू प्रयोग गरेको आरोप लगाउँदै आएका छन् । इरानले इजरायलविरुद्ध तथाकथित ‘प्रतिरोधको धुरी’को नेतृत्व गरिरहेको छ । यसका लागि प्यालेस्टिनी भूभागमा हमास, लेबनानमा हिजबुल्लाह, यमनमा हुथी विद्रोही र इराकमा सशस्त्र समूहहरूलाई सहयोग गर्दै आएको छ ।

“यस क्षेत्रमा एउटा मात्र छद्म बल छ र त्यो भ्रष्ट यहूदी शासन हो,” खामेनीले भनेका छन् । उनले इजरायललाई सिध्याएरै छाड्ने ९उन्मूलन० गर्ने बताए । इरानले उसको कट्टर शत्रु इजरायललाई सहयोग गर्ने अमेरिका विरुद्ध आणविक सम्झौतामा नझुक्ने बताउँदै आएको छ ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit