Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण

चन्दा सङ्कलन गरी पदमार्ग निर्माण
विज्ञापन
Advertisement

पर्वत। कुश्मा नगरपालिका–३ आम्बोटबासी चन्दा सङ्कलन गरी पदमार्ग निर्माण गरेका छन् । राजमार्गभन्दा झण्डै ५०० मिटरमाथि जङ्गलमा रहेको आम्वोट आधारभूत विद्यालयसम्म जाने बाटो नभएपछि स्वदेश तथा विदेशमा रहेका व्यक्तिले चन्दा सङ्कलन गरेर पदमार्ग निर्माण गरेका हुन् । पदमार्ग निर्माणका लागि रु ११ लाख सङ्कलन भएको उक्त विद्यालयका प्रधानाध्यापक मीना गुरुङले बताए ।

विज्ञापन
Advertisement
Advertisement

अङ्ग्रेजी माध्यममा शिशुदेखि तीन कक्षासम्म पढाइ हुने विद्यालयसम्म पुग्नका लागि पदमार्ग निर्माण गर्नुपरेको उनले बताए । विद्यालयमा अहिले ३१ जना विद्यार्थी अध्ययनरत छन् ।

विसं २०५२ मा समाजसेवी खड्कबहादुर गुरुङको पहलमा विद्यालय स्थापना भएको थियो । तत्कालीन समयमा पोखरा–बागलुङ सडक खुलेपछि साविक दुर्लुङ र बाजुङ गाविसमा पर्ने निम्ने, कथुरे, ह्यार्दी, भारती, भुम, ओखलढुङ्गालगायत गाउँबाट अम्बोटमा बसाइँसराइ आउनेले चन्दा सङ्कलन गरेर विद्यालय खोलेका थिए ।

बालबालिकाको पढाइमा समस्या हुने देखेर तत्कालीन समयमा आफ्ना बुवाले विद्यालय सञ्चालनमा ल्याएको प्रधानाध्यापक गुरुङले बताए । पदमार्ग निर्माणका लागि विद्यालयले गत असोजमा चन्दा सङ्कलन अभियान थालेको थियो । गाउँका देश तथा विदेशमा बस्ने १०४ जनाबाट रु ११ लाख ४६ हजार सात सय २३ सहयोग प्राप्त भएको थियो ।

उक्त रकमले विद्यालयसम्म पुग्ने फलामे रेलिङसहित ३०० मिटर ढलान गरेर सिँढी काटो निर्माण गरिएको छ भने बाँकी रकमबाट विद्यालय परिसरमा फलामको पिलर राखेर सिमेन्टको ढलान गरी सानो खेलमैदान निर्माण गरिएको छ ।

विद्यालयमा दुईदेखि आठ वर्ष उमेर समूहका विद्यार्थी पढ्न जाने गरेको प्रधानाध्यापक गुरुङले बताए । विद्यालयसम्म जाने सहज बाटो नहुँदा सानो उमेरका विद्यार्थी ढुङ्गा र गेग्रानसहितको अप्ठ्यारो बाटोमा हिँड्नुपर्ने बाध्यता रहेको थियो । विद्यालयमा हाल खानेपानी र बिजुलीको अभाव रहेको प्रअ गुरुङले बताए ।

स्थानीय तारे सामुदायिक वनको जग्गामा रहेको विद्यालयमा विद्युत् र खानेपानीको मिटरबक्स जडान गर्न समस्या भएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सिर्जना रानामगरले बताए। उनका अनुसार विद्यालयलाई पक्की भवन र मन्टेश्वरी तहका लागि एक जना शिक्षक आवश्यक छ । विद्यालयमा दुई प्रावि स्थायी र दुई जना निजी शिक्षक कार्यरत छन् । महिलाको नेतृत्व र व्यवस्थापनमा सञ्चालित विद्यालय व्यवस्थापनको अध्यक्ष र चारै जना महिला शिक्षक रहेका छन ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit