Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति आन्दोलनको सबै कार्यक्रम फिर्ता

ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति आन्दोलनको सबै कार्यक्रम फिर्ता
विज्ञापन
Advertisement

काठमाडाैं । अन्ततः खाना पकाउने एलपी ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको आन्दोलित नेपाल एलपी ग्यास उद्योग संघसँग सरकारले पाँच बुँदे सहमति गरेसँगै आन्दोलन स्थगित भएको हो ।

विज्ञापन
Advertisement
Advertisement

सहमति पश्चात आयल निगमले एक विज्ञप्ति जारी गर्दै आजै मितिदेखि ग्यास उद्योगीले घोषणा गरेको सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको निर्वाध आपूर्ति सहजीकरण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ ग्यास उद्योगीहरुले निगमबाट जारि हुने पि.डि.ओ. सुचारु गरेकोले ए.पि.ग्यास उद्योगहरुबाट ग्यासको सहज आपूर्ति हुने व्यहोरा आम उपभोक्ता माझ जानकारी गराउदै एल.पि.ग्यासको मूल्य यथावत रहेको व्यहोरा समेत अनुरोध छ।’

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit