images
images
images

ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति आन्दोलनको सबै कार्यक्रम फिर्ता

images
images
images

काठमाडाैं । अन्ततः खाना पकाउने एलपी ग्यास उद्योगी र सरकारबीच पाँच बुँदे सहमति भएसँगै आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको आन्दोलित नेपाल एलपी ग्यास उद्योग संघसँग सरकारले पाँच बुँदे सहमति गरेसँगै आन्दोलन स्थगित भएको हो ।

सहमति पश्चात आयल निगमले एक विज्ञप्ति जारी गर्दै आजै मितिदेखि ग्यास उद्योगीले घोषणा गरेको सबै आन्दोलनका कार्यक्रमहरु फिर्ता भएको निर्वाध आपूर्ति सहजीकरण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ ग्यास उद्योगीहरुले निगमबाट जारि हुने पि.डि.ओ. सुचारु गरेकोले ए.पि.ग्यास उद्योगहरुबाट ग्यासको सहज आपूर्ति हुने व्यहोरा आम उपभोक्ता माझ जानकारी गराउदै एल.पि.ग्यासको मूल्य यथावत रहेको व्यहोरा समेत अनुरोध छ।’

images
images

 

images
images

प्रतिक्रिया दिनुहोस्