Advertisement
Advertisement
Corporate Samachar
२ असार २०८३, मंगलवार
Advertisement

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना

शैक्षिक सुधारका लागि १० लाखभन्दा बढीको अक्षयकोष स्थापना
विज्ञापन
Advertisement

गुल्मी । उनका मालिका गाउँपालिका–८ मा रहेको थानपती आधारभूत विद्यालयले शैक्षिक सुधारका लागि रु १० लाखभन्दा बढीको अक्षयकोष स्थापना गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

विद्यालय व्यवस्थापन समितिको अगुवाइमा शिक्षकलाई तलब र अन्य शैक्षिक क्रियाकलापका लागि अक्षयकोष स्थापना गरेको हो । अक्षयकोषबाट प्राप्त ब्याजबाट खर्चको जोहो गर्ने गरी रकम सङ्कलन गरी ‘थानपती कल्याणकारी कोष’ स्थापना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिबी खड्काले जानकारी दिए ।अभियानबाट रु १० लाख ३४ हजार ७०० सहयोग सङ्कलन गरिएको छ ।

अक्षयकोषमा न्यूनतम रु एक हजार पाँच सयदेखि अधिकतम रु ५५ हजार ५५५ सम्म सहयोगप्राप्त भएको अध्यक्ष खड्काले बताए ।विद्यालयले रु १५ हजारमाथि सहयोग गर्ने दाताको ताम्रापत्रमा नाम लेखिने र रु ५० हजारमाथि सहयोग गर्नेको ताम्रापत्रमा दुईपुस्ते नाम लेखिने जनाएको छ । यस अभियानमा १२७ जनाले सहयोग गर्नुभएको छ । अक्षयकोष परिचालनका लागि सात सदस्यीय समिति गठन गरिएको छ ।

एक सय २२ जना विद्यार्थी रहेको उक्त विद्यालयमा १२ जना शिक्षक छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit