images images images
images images images
images
images
images

वरिष्ठ पत्रकार रिसालको निधन 

images
काठमाडौं।  वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको केहीबेर अघि ९७ वर्षको उमेरमा निधन भएको हो ।
मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका  वरिष्ठ पत्रकार रिसालको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा निधन भएको उहाँका भाइ पुरु रिसालले जानकारी दिए । । उनको जन्म १९८५ साउन २९ गते भक्तपुरको तिथलीमा भएको थियो । वरिष्ठ पत्रकार रिसालले यसअघि नै मृत्यपश्चात् आफ्नो शरीर अध्ययनका लागि पाटन अस्पताललाई दिने घोषणा  गरेका थिए ।
वरिष्ठ पत्रकार रिसालले मानवअधिकारसम्बन्धी, जगदम्बा श्री र वातावरण संरक्षणसम्बन्धी विभिन्न सम्मानद्धारा सम्मानित भैसकेका छन् । ।  उनले रेडियो सगरमाथामा लामो समय ‘उहिले बाजेका पालामा’ रेडियो शृङ्खला सञ्चालन  गरेका थिए। वामपन्थी विचारधारा बोक्ने रिसाल २०४८ सालको आमनिर्वाचनमा नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुरबाट उम्मेदवार बनेका थिए ।
वरिष्ठ पत्रकार रिसालले राष्ट्रिय समाचार समिति (रासस ) मा प्रमुख समाचारदाताको समेत जिम्मेवारी निर्वाह गरेका थिए । लामो समयदेखि पत्रकारिता र समाजसेवामा समर्पित वरिष्ठ पत्रकार रिसालले राससमा काम गर्नुअघि तथ्याङ्क विभागमा रहेर काम गरेका थिए ।  रिसालका ‘साधुलाई सुली’ (जेल डायरी), ‘लोग्नेस्वास्नी’, ‘केही मित्रका चिठी’ कृति र ‘भैरव दाइ’लगायत पुस्तक प्रकाशित छन् । उनका श्रीमती, दुई छोरा र दुई छोरी रहेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्