Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति अच्युतप्रसाद वाग्लेले लिए सपथ

काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति अच्युतप्रसाद वाग्लेले लिए सपथ
विज्ञापन
Advertisement

काठमाडौं ।  प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष काठमाडौं विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा अच्युुतप्रसाद वाग्लेले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित कार्यक्रममा उपकुलपति डा वाग्लेले सपथ लिएका हुन् । कुलपति ओलीले विश्वविद्यालयको
रिक्त उपकुलपति छनोटका लागि गठित खोज तथा सिफारिस समितिका संयोजक र सदस्यद्वयको सिफारिसमा परेका तीन मध्येबाट डा वाग्लेलाई सो विश्वविद्यालयको ऐन, २०४८ को दफा १३ (४) बमोजिम सोमबार नियुक्त गरेका थिए ।

सपथग्रहण कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, प्रधानमन्त्रीका मुुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायत सहभागी थि । सो अवसरमा प्रधानमन्त्री ओलीले उपकुलपति नियुक्तिमा हुन पुगेको ढिलाइको सन्दर्भसमेतलाई ध्यान दिएर आगामी दिनमा सजगताका साथ सम्बन्धित सबै पक्षको साझा विश्वविद्यालय कायम राख्ने गरी काम अघि बढाउन आग्रह गरे ।

नवनियुक्त उपकुलपति प्रा डा वाग्ले यसअघि सो विश्वविद्यालयका कार्यबाहक उपकुलपति एवं रजिष्ट्रार थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit