images images images
images images images
images
images
images

दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने

images

एजेन्सी ।  दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपतिले मङ्गलबार जुन ३ मा राष्ट्रपति निर्वाचन गर्ने घोषणा गरेका छन् ।

पूर्वराष्ट्रपति युन सुक योलको मार्शल ल घोषणाको असफल प्रयासपछि उनलाई पदबाट हटाइएसँगै नयाँ राष्ट्रपति निर्वाचनको यो निर्णय आएको हो ।

images
images

पूर्वराष्ट्रपति युनले देशमा नागरिक शासन अवरुद्ध गर्ने प्रयास गरी मार्शल ल घोषणा गरेका थिए । तर, उनलाई सांसदहरूद्वारा महाभियोग लगाइएर पदबाट निलम्बन गरिएपछि दक्षिण कोरिया डिसेम्बरदेखि नेतृत्वविहीन रहेको छ ।

गत हप्ता अदालतले युनको महाभियोगलाई सदर गरेको थियो । उक्त फैसलाले उनलाई शीर्ष पदबाट हटाएसँगै ६० दिनभित्र नयाँ निर्वाचन गराउनुपर्ने प्रावधानअनुसार नयाँ निर्वाचनको मार्ग खुलेको हो ।

सरकारले ‘राष्ट्रिय निर्वाचन आयोग र अन्य सम्बन्धित निकायहरूसँग छलफल गरेको’ प्रधानमन्त्री हान डक–सुले मङ्गलबार बताए ।

यसले ‘सहज निर्वाचन सञ्चालन सुनिश्चित गर्न र राजनीतिक दलहरूलाई तयारीका लागि पर्याप्त समय दिन आवश्यक छ’ भन्ने कुरालाई पनि ध्यानमा राखेको उनले जानकारी दिए ।

‘दक्षिण कोरियाको २१औँ राष्ट्रपति निर्वाचनको मिति जुन ३ तोक्ने निर्णय गरेको’ जानकारी दिँदै प्रधानमन्त्री हानले मन्त्रालय र राष्ट्रिय निर्वाचन आयोगलाई ‘पहिलेभन्दा निष्पक्ष र पारदर्शी एवं जनताको विश्वास कमाउन सक्ने निर्वाचन सुनिश्चित गर्न पूर्ण तयारी गर्न’ आह्वान समेत गरेका छन् ।

नियमित निर्वाचनमा राष्ट्रपति–निर्वाचित व्यक्तिलाई दुई महिनाको सङ्क्रमणकालीन अवधि दिइन्छ भने जुन ३ को निर्वाचनमा विजयी हुने व्यक्ति अर्को दिनै पदमा नियुक्त हुनेछन् ।

अहिलेका लागि प्रधानमन्त्री हानले कार्यवाहक राष्ट्रपतिका रूपमा सरकार चलाइरहेका छन् ।

 

images
images

प्रतिक्रिया दिनुहोस्