Advertisement
Advertisement
Corporate Samachar
५ असार २०८३, शुक्रबार
Advertisement

सूर्यज्योति लाइफको पहिलोपटक ‘डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवा सार्वजनिक, बीमाक्षेत्रमा प्रविधिमैत्री क्रान्ति

सूर्यज्योति लाइफको पहिलोपटक ‘डिजिटल कार्ड’ र ‘इ–कर्जा’ सेवा सार्वजनिक, बीमाक्षेत्रमा प्रविधिमैत्री क्रान्ति
विज्ञापन
Advertisement

काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाली बीमा क्षेत्रमा पहिलोपटक डिजिटल प्रविधिको प्रयोगमार्फत ‘सूर्यज्योति केयर्स डिजिटल कार्ड’ र ‘सूर्यज्योति इ–कर्जा’ सेवा सार्वजनिक गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

ललितपुरको होटल हिमालयनमा सोमबार आयोजित एक विशेष समारोहमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा, कार्यकारी निर्देशक सुशील देव सुवेदी, कम्पनीका अध्यक्ष केशव भट्टराई तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश बिक्रम खत्रीले संयुक्त रूपमा यी सेवाहरूको औपचारिक शुभारम्भ गरेका हुन्।

नवप्रवर्तनका रूपमा ल्याइएका यी सेवाहरूले बीमा क्षेत्रलाई अझ सहज, डिजिटल र प्रविधिमैत्री बनाउने उद्देश्य लिएको कम्पनीले जनाएको छ।

डिजिटल कार्ड र अनलाइन ऋण अब एकै थलोमा

‘सूर्यज्योति केयर्स’ डिजिटल कार्डमार्फत बीमित र अभिकर्ताहरूले कम्पनीसँग सम्झौता भएका अस्पताल तथा व्यवसायिक संस्थाहरूमा विशेष छुट सुविधा प्राप्त गर्नेछन्। यसैगरी, ‘सूर्यज्योति इ–कर्जा’ सेवामार्फत ग्राहकले अनलाइनमार्फत छिटो, सरल र सुरक्षित तरिकाले ऋण प्राप्त गर्न सक्नेछन्।

सीईओ खत्रीले बीमा क्षेत्रमा प्रविधिको अधिकतम उपयोग गर्दै सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने लक्ष्यले यी सुविधाहरू लागू गरिएको बताए

कार्यक्रममा बीमा प्राधिकरणका उच्च पदाधिकारीहरू, सूर्यज्योतिका शीर्ष व्यवस्थापक, नायब प्रमुख कार्यकारी अधिकृत, तथा देशका विभिन्न स्थानबाट आएका उत्कृष्ट अभिकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit