काठमाडाैं । काठमाडौं महानगर पालिकाका मेयर बालेन शाहले राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)लाई आम सभा गरेर आफै फोहोर सफा गरेपछि धन्यवाद दिएका छन् । उनले सामाजिक सन्जाल फेसबुकमा लेख्दै राप्रपालाई धन्यवाद दिएका हुन् । उनले लेखेका छन्,‘ कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन ।
सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।’

















प्रतिक्रिया दिनुहोस्