Advertisement
Advertisement
Corporate Samachar
११ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरु: भुवन र निरज क्वाटरफाइनलमा

सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरु: भुवन र निरज क्वाटरफाइनलमा
विज्ञापन
Advertisement

काठमाडाैं । सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल एनपिजिए म्याच प्ले सुरु भएको छ। प्रतियोगिताको पहिलो दिन शीर्ष वरियताका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन्।

विज्ञापन
Advertisement
Advertisement

नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले १६ औं वरियताका पशुपति शर्मालाई ५ र ४ को फराकिलो अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरे। उनी अब धन बहादुर थापासँग भिड्नेछन्, जसले भुवन कुमार रोक्कालाई १८ औं होलमा पराजित गर्दै अगाडि बढे।

त्यस्तै, नेपाल नम्बर दुई प्रो निरज तामाङले १५ औं वरियताका सूर्य प्रसाद शर्मालाई ५ र ४ ले हराउँदै सजिलो जित निकाले। निरज अब सातौं वरियताका रामे मगरसँग क्वाटरफाइनल खेल्नेछन्। रामेले १० औं वरियताका दीपक मगरलाई ४ र ३ ले हराएका थिए।

डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापतिले पनि उत्कृष्ट प्रदर्शन जारी राख्दै १४ औं वरियताका रमेश अधिकारीलाई ४ र ३ ले हराए। दिनेश अब अनुभवी तोरण विक्रम शाहीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। तोरणले छैटौं वरियताका जयराम श्रेष्ठलाई ३ र २ ले हराएका थिए।

त्यस्तै, चौथो वरियताका रवि खड्काले १३ औं वरियताका टंक बहादुर कार्कीलाई ३ र २ ले हराउँदै क्वाटरफाइनलमा स्थान बनाए। उनी अब १२ औं वरियताका प्रदीप कुमार लामासँग भिड्नेछन्, जसले पाँचौं वरियताका सञ्जय लामालाई २ र १ को अप्रत्याशित नतिजामा हराएका थिए।

प्रतियोगितामा सन् २०२३/२४ को अर्डर अफ मेरिटका आधारमा १६ जना प्रोफेसनल गल्फरहरूको सहभागिता रहेको छ। कुल २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशी रहेको प्रतियोगितामा विजेताले ६० हजार, दोस्रो हुनेले ४२ हजार, तेस्रोले ३२ हजार र चौथोले २४ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

क्वाटरफाइनलमा पराजित हुने चार खेलाडीले ११ हजार, भने पहिलो चरणमा पराजित आठ खेलाडीले ६ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बुधबार क्वाटरफाइनल र सेमिफाइनल खेल १८-१८ होलको हुनेछ भने फाइनल र तेस्रो स्थानको लागि प्रतिस्पर्धा बिहीबार हुनेछ, जसमा फाइनल खेल ३६ होलको हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit