Advertisement
Advertisement
Corporate Samachar
२६ असार २०८३, शुक्रबार
Advertisement

गर्भनर पौडेलसामु एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए शपथ

गर्भनर पौडेलसामु एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अग्रवालले लिए शपथ
विज्ञापन
Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकका नवनियुक्त अध्यक्ष अशोककुमार अग्रवालले पद तथा गोपनियताको शपथ लिएका छन् । अध्यक्ष अग्रवाललाई नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलले आज पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

विज्ञापन
Advertisement
Advertisement

पुस ९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले अग्रवाललाई आजकै मितिदेखि लागू हुने गरी अध्यक्षमा नियुक्त गरेको थियो । बैंक तथा वित्तीय क्षेत्र, बीमा, कर्पोरेट क्षेत्रमा लामो समयदेखि कार्य गरेका अनुभवी अग्रवाल उच्च नेतृत्वदायी क्षमता भएका व्यक्ति मानिन्छन् ।

दूरदृष्टि र स्पष्ट रणनीतिका साथ दीर्घकालीन योजनामा विश्वास राख्ने अग्रवालको कार्यकालमा बैंकले महत्वपूर्ण उपलब्धिहरू हासिल गर्ने तथा संस्थालाई प्रतिष्ठाको नयाँ शिखरमा लैजाने विश्वास बैंकले व्यक्त गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit