Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

अमेरिकाले चीनमाथि भन्सार कर १०४ प्रतिशत पुर्‍यायो, विश्वव्यापी असरको संकेत

अमेरिकाले चीनमाथि भन्सार कर १०४ प्रतिशत पुर्‍यायो, विश्वव्यापी असरको संकेत
विज्ञापन
Advertisement

काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि थप ५० प्रतिशत भन्सार दस्तुर घोषणा गरेसँगै अब चीनबाट आयात हुने वस्तुहरूमा कुल १०४ प्रतिशत भन्सार कर लागू भएको छ। ह्वाइट हाउसले दिएको जानकारी अनुसार यो निर्णय आजदेखि लागू गरिएको हो।

विज्ञापन
Advertisement
Advertisement

अमेरिकाले चीनसहित विश्वका ६० भन्दा बढी देशहरूमाथि भन्सार दर वृद्धि गरेको जनाएको छ। ट्रम्प प्रशासनले यस कदमलाई ‘अमेरिकी उद्योगको संरक्षण र आर्थिक सुरक्षा’ को नाम दिएको छ। राष्ट्रपति ट्रम्पले पत्रकार सम्मेलनमा भने, ‘चीनले दशकौंदेखि अमेरिका लुटिरहेको छ। अब अमेरिकाले आफ्नो हितको रक्षा गर्ने समय आएको हो।’

चीनमाथिको यो उच्च भन्सार दरले दुवै देशबीचको व्यापारिक सम्बन्धमा तनाव थपिएको छ। चीनको व्यापार मन्त्रालयले यस कदमको आलोचना गर्दै अमेरिका एकपक्षीय र आक्रामक व्यवहार गर्दै गएको बताएको छ।

विश्लेषकहरूका अनुसार यसले विश्व व्यापार प्रणालीमा ठूलो झड्का दिनेछ। अमेरिकाको आयातमा भर पर्ने चिनियाँ उत्पादनहरूमा मूल्यवृद्धि हुने सम्भावना छ, जसको असर अमेरिकी उपभोक्तासम्म पुग्नेछ।

भन्सार वृद्धिको सूचीमा नेपाल भने प्रभावित भएको छैन। ह्वाइट हाउसले जानकारी दिएको अनुसार एसियामा सबैभन्दा कम भन्सार दर नेपालमाथि लागु भइरहेको छ। यो स्थितिलाई केही अर्थशास्त्रीहरूले नेपालका लागि सानो अवसरको रूपमा लिएका छन्, तर सीमित उत्पादन र निर्यात क्षमताका कारण दीर्घकालीन प्रभाव न्यून हुने अनुमान गरिएको छ।

अमेरिकाले अब विदेशी औषधी कम्पनीहरूमाथि पनि उच्च भन्सार दर लगाउने घोषणा गरेको छ। ट्रम्पले अमेरिकी औषधी बजार ‘निर्भरता मुक्त’ बनाउन यस्तो कदम चालेको जनाएका छन्।

अमेरिकामा औषधी आपूर्ति गर्ने प्रमुख देशहरूमा चीन, भारत र युरोप परेका छन्। भन्सार वृद्धिसँगै यिनले अमेरिकी बजारमा प्रतिस्पर्धा गर्न गाह्रो पर्ने र केही कम्पनीहरू अमेरिका छाड्न बाध्य हुने अवस्था सिर्जना हुनसक्ने देखिएको छ।

विश्व व्यापार संगठन (WTO) र G20 सदस्य राष्ट्रहरूले अमेरिकाको पछिल्लो निर्णयमाथि चासो व्यक्त गरेका छन् । व्यापार विश्लेषकहरू भन्छन्, यदि यो विवाद चाँडै समाधान भएन भने, सन् २०२५ मा वैश्विक अर्थतन्त्रमा अस्थिरता थपिन सक्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit