Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रुपमा अघि बढिरहेको छ : प्रधानमन्त्री ओली

सरकार र निजी क्षेत्रको सहकार्य नमुनाका रुपमा अघि बढिरहेको छ : प्रधानमन्त्री ओली
विज्ञापन
Advertisement

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र निजी क्षेत्रको सहकार्यबाट राष्ट्रिय उपलब्धि हासिल गर्नुपर्ने बताएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

नेपाल उद्योग वाणिज्य महासङ्घको ५९ औँ वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘केही गर्न सक्छौँ र गर्नुपर्छ’ भन्ने संकल्प प्रकट भएकामा खुसी व्यक्त गरे । उनले निजी क्षेत्र विकासका लागि कम्मर कसेर आत्मविश्वासका साथ लागेकाले सरकार त्यसलाई सघाउन तयार रहेको स्पष्ट पारे ।

“सरकार र निजी क्षेत्रको हाम्रो सहकार्य नमुनाका रुपमा अघि बढिरहेको छ । हामी सबै मिलेर हाम्रो देश हामी आफैंले बनाउनुपर्छ । तीब्र गतिमा विकास गर्नुपर्छ । हामीले स्वदेशी वस्तुको प्रयोगलाई बढाएर लाँदा गर्व महसुस गर्नुपर्छ ।”

प्रधानमन्त्री ओलीले हालको गठबन्धन सरकार छिनछिनमा अस्वभाविकरुपमा नीतिहरु बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्न आएको बताए ।

“निजी क्षेत्रले सरकारलाई प्रेरित गरोस् । यसका लागि कुनै आन्दोलन गरिरहनुपर्ने छैन । यो सरकार स्थिरता, स्थायित्व, सुशासन र विकासका लागि बनेको हो । अहिले गतिशील स्थायित्व छ । सरकारको विश्वसनीयता छ । सरकारका नीतिहरु छिनछिनमा अस्वभाविकरुपमा बदलिने र नकारात्मक असर पर्ने कामको अन्त्य गर्न नै यो सरकार आएको हो” प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्री ओलीलेको सरकार ठुला उत्पादन र उत्पादकत्व बढाउन अग्रसर रहेको धारणा राखे । उनले निजी क्षेत्रले दिएका सुझावका आधारमा सरकारले नीति र कानुन बनाउँदै आएको उल्लेख गरे ।

सरकारका विभिन्न मन्त्रीहरु सहभागी उक्त कार्यक्रममा बढी कर तिर्ने क्षेत्रगत कम्पनी र महासङ्घका उत्कृष्ठ प्रदेश र जिल्ला समितिलाई सम्मान गरिएको थियो ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit