Advertisement
Advertisement
Corporate Samachar
९ असार २०८३, मंगलवार
Advertisement

टोखाको सपनतीर्थमा मेला बिहानदेखि भक्तजनको घुइँचो

टोखाको सपनतीर्थमा मेला बिहानदेखि भक्तजनको घुइँचो
काठमाडौँको टोखा नगरपालिका २ स्थित सपनतिर्थ मन्दिरमा सोमबार पूजाअर्चना गर्न लामवद्ध भक्तजन र मन्दिर परिसरमा रहेको पोखरीमा स्नान तथा पूजाअर्चना गर्दै भक्तजन । यस मन्दिरमा हरेक वर्ष वैशाख १ गते मेला लाग्ने गर्छ । तस्बिर: हरिराम भेटुवाल/ रासस
विज्ञापन
Advertisement

काठमाडौं। काठमाडौँको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरू भएको छ । टोखा नगरपालिका–२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो ।

विज्ञापन
Advertisement
Advertisement

प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् ।

सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ । सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ ।

बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit